Day: २२ असार २०७७, सोमबार १५:५५

सन्दीप सीपीएलमा ९० हजार अमेरिकी डलरमा अनुबन्ध

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगिता जमैका तलावाजबाट खेल्ने भएका छन्। सन्दीपलाई तलावाजले ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो । यसअघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट उनले सिपिएल खेलेका थिए। सन्दीपलाई किट्सले ५ हजार अमेरिकी डलर र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो । सन्दीप आबद्ध टिममा आन्द्रे रसेल, कार्लोस बाथवेट लगायतका खेलाडी छन्। गत असार १० गते गरिएको ड्राफ्ट सोमबार साँझ सार्वजनिक गरिएको हो।       Please follow and like...

Read More

अष्ट्रेलियामा निधन भएका नेपाली विद्यार्थीको शव नेपाल पठाउन सहयोगको अपिल

मेलबर्न। अष्ट्रेलियामा निधन भएका नेपाली विद्यार्थीको शव नेपाल पठाउनको लागि अपिल गरिएको छ। केही दिन अगाडी निधन भएका विद्यार्थी रविन्द्र गिरिको शव नेपाल पठाउनको लागि उनका साथीहरुले पहल थालेका छन्। यसको लागि सबैको साथको आवश्यकता रहेको भन्दै गो फन्ड मी मार्फत आर्थिक सहयोग गरिदिन उनीहरुले सबैलाई आग्रह गरेका छन्। मृतक विद्यार्थीको मृत्युको कारण खुलाउन आफूहरुले नचाहेको बताउंदै विद्यार्थीहरुले सहयोगको लागि एनआरएनए अष्ट्रेलियासंग पनि सम्पर्क गरेको जनाएका छन्। सहयोगको लागि : www.gofundme.com/f/fundraise-for-our-friend-to-send-his-body-back Please follow and like...

Read More

अष्ट्रेलियामा विद्यार्थीहरुका लागि ४० घण्टाको वर्क लिमिटेसन हटाउन अनुसन्धानकर्ताहरुको सुझाव

मेलबर्न। अष्ट्रेलियामा विद्यार्थीहरुका लागि ४० घण्टाको वर्क लिमिटेसन हटाउन अनुसन्धानकर्ताहरुले सुझाव दिएका छन्। UNSW र UTS ले आफूहरुले गरेको अनुसन्धानको नतिजा अनुसार सरकारलाई सो सुझाव दिएका हुन्। अनुसन्धान ५ हजार अन्तर्राष्ट्रिय विद्यार्थीमा गरिएको थियो। उक्त अनुसन्धानको नतिजा अनुसार, धेरै विद्यार्थीहरुले सरकारले तोकेको न्युनतम तलबको आधा भन्दा पनि कम तलबमा काम गरिरहेका छन्। ४ जना विद्यार्थीमा एक जनाले घण्टाको १२ डलर भन्दा पनि कम तलबमा काम गरिरहेको अनुसन्धानले बताएको छ। जसले गर्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरु श्रम शोषणमा परेर आर्थिक रुपमा कमजोर भएको र मानसिक दबाबमा रहेको जनाइएको छ। अनुसन्धानकर्ताहरुले कोरोना भाइरसका कारण काम नपाउने र काम पाएतापनि पैसा नपाउने समस्या अझ...

Read More

अष्ट्रेलियाबाट सहजै रुपमा विप्रेषण भित्र्याइने

काठमाडौँ, २२ असार अष्ट्रेलियामा रहेका नेपालीले आफूले कमाएको पैसा सहज रुपमा आफ्ना आफन्तलाई पठाउन सक्ने भएका छन् । सनराइज बैंक र अष्ट्रेलियामा रहेको ह्वाइट एभरेष्टद्धारा सञ्चालित रोयल रेमिटबीच विप्रेषण पठाउने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विद्युतीय प्रणाली मार्फत विप्रेषण उपलब्ध गराउने सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको बैंकले जनााएको छ । सम्झौता अनुसार अष्ट्रेलियामा रहेका नेपालीले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । रोयल रेमिट नेपाल मार्फत पैसा पठाउदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ । रोयल रेमिट नेपाल मार्पmत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही...

Read More

पर्यटनमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

काठमाडौँ, २२ असार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि अष्टे«लियाका राजदूत पिटर वडबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भट्टराईले दुई देशबीचको व्यावसायिक हवाई सञ्चालनका लागि राजदूतसँग आग्रह गर्नुभएको थियो । मन्त्री भट्टराई र राजदूत वडबीच विश्वमहामारीको रुप लिइरहेको कोभिड–१० ले पारेको असर र महामारी न्यूनीकरणका लागि गरिएका कामको अनुभव आदानप्रदान पनि भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । मन्त्री भट्टराईले अष्ट्रेलियामा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि गरिएको सहयोगको प्रशंसा गर्दै राजदूतलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै राजदूत वडले व्यावसायिक उडानका लागि आफ्नो देशको सरकारसँग पहल गरिने प्रतिबद्धता जनाउँदै अष्ट्रेलियालीलाई स्वदेश...

Read More
  • 1
  • 2