Day: २ श्रावण २०७७, शुक्रबार ०६:३२

अष्ट्रेलियाको भिक्टोरियामा एकैदिनमा ४२८ जनामा कोरोना संक्रमण पुष्टि

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा थप ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ह्वात्तै बढेको हो। नयाँ भेटिएका संक्रमित मध्ये ५७ जना कोरोना संक्रमण फैलिरहेको क्षेत्रका, एक जना होटल क्वारेन्टिनमा रहेका र अन्य बाँकी व्यक्तिमा संक्रमण कसरी सर्यो भन्ने बारेमा खोजी भैरहेको बताइएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरु ७० र ८० वर्ष उमेर समूहका रहेका छन्। Please follow and like...

Read More

अबदेखि बढीमा १० मिनेटमै आय विवरण र कर दाखिला गर्न सकिने

काठमाडौं – साना करदाताले अबदेखि बढीमा १० मिनेटमै आय विवरण र कर दाखिला गर्न सक्ने भएका छन् । कर दाखिला प्रक्रियामा रहेको झन्झट कम गर्न आन्तरिक राजस्व विभागले विकास गरेको उक्त प्रणालीमार्फत करदाताले नजिकैको बैङ्कमार्फत नै कर र आय विवरण दाखिला गर्न पाउने सुविधा उपलब्ध छ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दिन सुरु गरिएको यो प्रणालीमा वार्षिक २० लाखसम्म कारोबार र दुई लाख रुपियाँसम्म आय भएका साना करदाता सहभागी हुन पाउनेछन् । महालेखा नियन्त्रक कार्यालय, नेपाल राष्ट्र बैङ्क र राजस्व असुल गर्ने बैङ्क सँगको समन्वयमा विभागले निर्माण गरेको उक्त सफ्टवेयरमा करदाताको आय र कर विवरण दाखिला गरेपछि...

Read More

स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन हुने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खोल्ने भएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत चैत ७ गतेदेखि विश्वविद्यालयले स्थगित गरेको सबै तहको परीक्षा दशैँअघि सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार पारेको जानकारी दिए । तोकियो विधि विश्वविद्यालयले अनलाइन वा विद्यार्थीले परीक्षा केन्द्रमै पुगेर परीक्षा दिनेगरी दुई विधिबाट मात्र परीक्षा गरिने स्पष्ट गरेको छ । सेमेस्टर प्रणालीमा अध्ययन गरेका विद्यार्थीको केही परीक्षा अनलाइन र केही परीक्षा केन्द्रमै...

Read More

सरकारले विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई सरकारी खर्चबाट उद्धार गर्ने

काठमाडौं – सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली श्रमिकको उद्धार फिर्तीसम्बन्धी कार्यविधि २०७७ पारित गरेसँगै विदेशमा अलपत्र श्रमिकको उद्धारको बाटो खुलेको हो । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा सोबारेमा पनि जानकारी गराए । उनले गत सोमबार बसेका मन्त्रिपरिषद्को निर्णयको बारेमा सार्वजनिक गरेका हुन् । सरकारको निर्णयमा एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएर अलपत्र परेका श्रमिक स्वदेश फर्काउँदा शतप्रतिशत खर्च वैदेशिक रोजगार कल्याणकारी कोषको...

Read More