Day: ५ श्रावण २०७७, सोमबार १२:१८

अष्ट्रेलियन सरकारद्वारा भिसाका कारण चिन्तित विद्यार्थीहरुका लागि सहयोगको घोषणा

मेलबर्न। अष्ट्रेलियामा अध्ययनरत धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरु अहिले भिसाका कारण चिन्तित बनिरहेका छन्। कोरोना भाइरसले निम्त्याएको लकडाउनका कारण कतिपय विद्यार्थीहरु अष्ट्रेलिया बाहिर अड्किएका छन् भने कतिपय विद्यार्थीहरु अष्ट्रेलियामा नै रहेर पनि भिसा सम्बन्धि समस्यामा परेका छन्। अष्ट्रेलियाको आर्थिक विकासमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुले ठूलो सहयोग गरिरहेको जनाउंदै शिक्षा मन्त्रालयले विद्यार्थीहरुका लागि सहयोगको घोषणा गरिएको छ। उक्त घोषणा अनुसार, विद्यार्थीहरुले आफ्नो भिसाको म्यादमा पढाइ पूरा गर्न नसकेको खण्डमा फेरी नि:शुल्क भिसा एप्लाई गर्न सक्नेछन्। अष्ट्रेलिया बाहिर रहेर अनलाइन पढाइ गरिरहेका विद्यार्थीहरुको उक्त पढाइ अवधि / पढाइ पनि अष्ट्रेलियाको पोस्ट स्टडी वर्क भिसाको लागि मान्य हुनेछ। भिसा होल्डर ग्राजुएट विद्यार्थी कोरोना भाइरसका कारण फर्किन...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा २४९ डलरसम्ममा मास्क प्याकेट बिक्रि गर्दै स्टोरहरु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रमा कोरोना भाइरस संक्रमणमा वृद्धि भएपछि राज्य सरकारले सबैको लागि फेस मास्क अनिवार्य गरेको छ। उक्त नियम पालना नगरेमा २ सय डलर जरिवाना तिर्नुपर्नेछ। यो नियम लागु भएपछि स्टोरहरुमा फेस मास्क किन्नेको संख्या बढिरहेको छ। राज्य सरकारले फेस मास्कको मूल्य यथावत राख्नको लागि निर्देशन दिएको छ। केही स्टोरहरुमा फेस मास्क अत्यन्तै महँगो पाइएको छ। प्राइसलाइनले KN95 डिस्पोजेबल ५० मास्कको प्याकेटको मूल्य २४९ डलर राखेको छ। र, अर्को ३५ वटा मास्कको प्याकेटको मूल्य २०९ डलर राखिएको छ। ग्राहकहरुले फेस मास्क महँगो भएको गुनासो गरिरहेतापनि स्टोरले भने मास्कको गुणस्तरीयताका कारण महँगो भएको बताएका छन्। त्यस्तै केही स्टोरले एकजना...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा स्कुलहरुमा समेत फैलियो संक्रमण, थप १२ स्कुल बन्द

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्य क्षेत्रमा कोरोना भाइरस संक्रमण बढिरहेको छ। यस क्षेत्रमा सोमबार मात्र २ सय ७५ नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै, स्कुलमा समेत कोरोना भाइरस संक्रमण फ़ैलिएपछि स्कुलहरु बन्द भएका छन्। कोरोना संक्रमित फेला परेका कारण भिक्टोरियाका थप १२ वटा स्कुल बन्द भएका हुन्। बन्द भएका स्कुलहरु निम्न रहेका छन् : Charles La Trobe College Roxburgh College Overport Primary School Drysdale Primary School Toorak Primary School Princes Hill Secondary College Pascoe Vale Girls Secondary College Grovedale West Primary School Victorian College of the Arts Secondary School Trinity College Colac Parkville College – Malmsbury Campus Leibler Yavneh College...

Read More

विदेशबाट फर्किने सबै नेपालीको पीसीआर गरेपछि मात्रै घर पठाइने

सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गरिने बताए । विदेशबाट आएका, कोरोना परीक्षणमा पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा आएका, अत्यावश्यक सेवाकर्मीहरू सबैको चिकित्सकको सल्लाह अनुसार पीसीआर परीक्षण हुनेछ । प्रवक्ता गौतमले हवाईमार्ग हुँदै स्वदेश आउनेलाई पाँच दिनसम्म होल्डिङ सेन्टरमा राखेर पीसीआर परीक्षणपछि मात्र घर पठाउने निर्णय भएको जानकारी दिए। स्थलमार्गबाट आउनेको पनि अनिवार्य रूपमा पीसीआर गरिनेछ । उनले सिंहदरबारभित्रका सफाइमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्ने निर्णय गरिएको जानकारी दिए । यसैबीच नेपालमा गत...

Read More