Day: ६ श्रावण २०७७, मंगलवार १४:१४

नेपालमा चार महिना लामो लकडाउन अन्त्य

काठमाडौं । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन सरकारले गरेको लकडाउन अन्त्य भएको छ ।  मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चार महिनापछि लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् । नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको जानकारी दिंदै मन्त्री खतिवडाले भने, ” लकडाउन खुला गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहनेछ । ” सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । तर...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा यी हुन् कोरोना संक्रमण फैलिएका ठाउँ

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रमा मंगलबार ३ सय ७४ जना कोरोना संक्रमित फेला परेका छन्। यससंगै यस राज्यमा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय १६ पुगेको छ। हालसम्म निको नभएका संक्रमितको संख्या भने ३ हजार १ सय ४७ रहेको छ। संक्रमण दरलाई मात्र नहेरेर निको भएका संक्रमितको संख्या हेर्दा कोरोना संक्रमण ‘कन्ट्रोल’मा आएको स्वास्थ्य अधिकारिहरुले बताएका छन्। भिक्टोरियामा हाल कोरोना संक्रमित रहेका ठाउँ Hume – 308 Brimbank – 289 Melbourne – 272 Wyndham – 370 Moreland – 191 Casey – 103 Moonee Valley – 212 Stonnington – 38 Banyule – 130 Whittlesea – 166 Melton – 119 Boroondara –...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा एज्ड केयर होमहरुमा फैलियो कोरोना, ३० एज्ड केयर लकडाउनमा

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमण फैलिरहेको छ। यस क्षेत्रमा कोरोनाबाट मृत्यु हुनेहरु अधिकतम वृद्ध अवस्थाका व्यक्तिहरु छन्। एज्ड केयर होममा संक्रमण फैलिरहेको छ। मंगलबार St Basil’s होमसंग सम्बन्धित रहेका संक्रमितहरु ५१ जना पुगेका छन्। त्यस्तै, कोरोना संक्रमण देखिएपछि ३० वटा एज्ड केयर होमले लकडाउन गरेका छन्। भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ। Please follow and like...

Read More

अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक तथा करियर सम्बन्धि भर्चुअल परामर्श कार्यक्रम

सिड्नी। अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक तथा करियर सम्बन्धि भर्चुअल परामर्श कार्यक्रम हुनेभएको छ। गैर आवासीय नेपाली संघ ( एनआरएनए ) अष्ट्रेलिया अन्तर्गतको युथ फोरम एससीसी न्यु साउथ वेल्सले उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो। भर्चुअल परामर्श कार्यक्रम मासिक रुपमा हुने बताइएको छ। कार्यक्रमको पहिलो अंक जुलाई २६ मा हुनेछ। परामर्श कार्यक्रममा नेपाली समुदायका सफल, प्रेरणादायी र विज्ञ व्यक्तिहरुसंग विद्यार्थीहरुले उनीहरुका संघर्ष तथा सफलताका कथाहरु सुन्ने अवसर पाउनेछन्। यसका साथै कार्यक्रममा विद्यार्थीको लागि आफ्नो पढाइ अनुसारको काम कसरी खोज्ने, करियर निर्माणको लागि कसरी बाटो बनाउंदै जाने भन्नेमा समेत परामर्श दिइने बताइएको छ। विद्यार्थीले स्वास्थ्य, आइ टि, लगायत सबै क्षेत्रको...

Read More

५ करोड १५ लाख बराबरको अवैध सामान बरामद

झापा । जिल्ला प्रहरी कार्यालय झापाले ५ करोड रुपैयाँ भन्दा बढीको अबैध सामग्री वरामद गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी चोरी पैठारी गर्दै गरेको अवस्थामा ५ करोड १५ लाख २५ हजार रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो । वरामद गरिएको सामग्री भन्सारमा बुझाइएको छ । प्रहरीको सक्रियताका कारण पछिल्लो तीन वर्षमा सवैभन्दा बढी आर्थिक वर्ष २०७६/०७७ मा भन्सार छलेर चोरी पैठारी गरेको अवस्थामा सामान बरामद भएको हो । Please follow and like...

Read More