Month: १५ भाद्र २०७७, सोमबार १४:०३

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। सोमबार उनलाई कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिएसँगै अहिले उनी आइसोलेसनमा रहेको जनाइएको छ ।...

Read More

एनआरएनएलाई नेपाल आउन अनुमति

सरकारले गैरआवासीय नेपाली (एनआरएनए)लाई नेपाल आउन दिने भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले गम्भीर प्रकृतिका बिरामी परी उपचार गर्नुपर्ने तथा एकाघरको आफन्तको निधन भएको अवस्थामा एनआरएनएलाई नेपाल आउन दिने निर्णय गरेको हो। विदेशी नागरिकता लिएका एनआरएनएहरुले नेपाल आउन नपाएको भन्दै गुनासो गर्दै आएका थिए । कूटनीतिक नियोगका सिफारिसमा नेपाल आउनै पर्ने  अवस्थाका गैरआवासीय नेपालीलाई नेपाल आउन दिने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए । यस्तै नेपालमा परीक्षा दिन आउनुपर्ने विदेशी विद्यार्थीलाई पनि सम्बन्धित शिक्षण संस्थाको सिफारिसमा नेपाल आउन दिन निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा जुलाई ३ देखि यताकै सबैभन्दा कम व्यक्तिमा कोरोना संक्रमण पुष्टि

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा सोमबार बिहानसम्ममा ७३ जना नयाँ संक्रमित फेला परेका छन्। नयाँ संक्रमितको यो संख्या जुलाई ३ देखि यताको सबैभन्दा कम हो। नयाँ संक्रमितको संख्यामा कमी देखिएतापनि मृत्यु हुनेको संख्या भने बढी छ। सोमबार बिहान सम्ममा कोरोना संक्रमणका कारण थप ४१ जनाको मृत्यु भएको छ। #COVID19VicData for 31 Aug 2020. There were 73 new cases and sadly 41 deaths. Today's deaths total includes 22 people who died in the weeks leading up to 27 August and were reported to DHHS by aged care facilities yesterday. More info will be available later this morning. pic.twitter.com/yDzeMKzYqE — VicGovDHHS (@VicGovDHHS) August...

Read More

‘सङ्क्रमितलाई घृणा र दुव्र्यवहार होइन सक्दो सहयोग गरौँ ’

काठमाडौँ – ‘कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ । सङ्क्रमितलाई घृणा र दुव्र्यवहार होइन सक्दो सहयोग गरौँ ।’ काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिले समुदायमा अहिले यस्तै अभियान चलाएका छन् । कोरोना सङ्क्रमित र स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमित नभएका व्यक्तिले दुव्र्यवहार गर्न थालेपछि जनप्रतिनिधिकै अगुवाइमा समुदाय स्तरमा सचेतना कार्यक्रम अगाडि बढाइएको हो । काठमाडौँ उपत्यकामा कुल सङ्क्रमितमध्ये करिब ४५ प्रतिशत व्यक्ति घरमै एकान्तवास र समुदायको निगरानीमा एकान्तवास बसिरहेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–१ का वडाध्यक्ष मुकुन्द गजुरेलले कोरोना सङ्क्रमितलाई दैनिक तीन पटक...

Read More

काठमाडौंमा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमितको संख्या झन् बढ्दो

काठमाडौं – काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ। पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति लगाइएको निषेधाज्ञाबीच आइतबार सर्वाधिक ४ सय २९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा कोरोना देखिएको बताए। किन बढिरहेछ त संक्रमण ? जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘कोरोना भाइरसको इन्कुबेसन पिरियड (लक्षण देखिने समय) १४ दिन हो। यो संक्रमण काठमाडौंमा निषेधाज्ञा घोषणाअघिको हो। १४ दिनअघि शरीरमा भाइरस प्रवेश गरेकाहरूमा...

Read More

Cake To Nepal

फेसबुक