Day: २२ श्रावण २०७७, बिहीबार ०४:२२

बिहीबारका लागि अष्ट्रेलियन डलरको दरभाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ( अगस्ट ६ ) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८६ रुपैयाँ ६७ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८६ रुपैयाँ २४ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार (साउन २२) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ २१ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । Please follow and like...

Read More

विदेशमा समस्यामा परेका नेपालीको निःशुल्क उद्धारका लागि ७५ करोड

काठमाडौँ – सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र परेका नागरिकको उद्धारका वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम छुट्याइएको छ । बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले निर्देशिकाअनुसार बजेट छुट्याइएको र परराष्ट्र मन्त्रालयमार्फत दूतावासले पठाउने विवरणका आधार बोर्डले कोषको रकम दूतावासमा निकासा गरिने जानकारी दिए । विदेशमा रहेका नेपाली दूतावासले कोरोनाका कारण समस्यामा परेका नेपाली श्रमिकलाई यथार्थ विवरणसहित आवेदन लिन सुरु गरेकाले अर्को सातादेखि रकम माग आउने पनि उनले जानकारी दिए...

Read More