Day: २३ श्रावण २०७७, शुक्रबार ०४:३०

हेलचेक्र्याइँ गर्दा कोरोनाले लिन्छ ज्यान

ललितपुर – कोरोना संक्रमणबाट गत शुक्रबार ललितपुर–१४ थसिखेलकी ६७ वर्षीया महिलाको मृत्यु भयो । वीरगन्जबाट फर्किएको केही समयपछि मृतक महिलालाई कोरोना पुष्टि भएको थियो । उनको परिवारका अन्य पाँच जनालाई पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । कार्यालय प्रमुख खगेश्वर गेलालका अनुसार ती महिला तराईबाट आएपछि क्वारेन्टाइनमा बसिनन् । घर बस्दा न्यूनतम स्वास्थ्य सावधानी पनि नअपनाइएकाले सो परिवारका अन्यलाई पनि संक्रमण भएको थियो । वीरगन्जबाट आएको केही दिनमा कोरोनाका लक्षण देखिन थालेपछि मात्रै ती महिला अस्पताल पुगेकी थिइन् । उनी उच्च रक्तचापको बिरामीसमेत थिइन् । कोरोना संक्रमण पुष्टि भएको केही दिनमा पाटन अस्पतालमा उनको मृत्यु भयो...

Read More

अस्ट्रेलियामा नेपाली फोटोग्राफर सरोज पन्त उत्कृष्ट फोटोग्राफीका कारण चर्चा कमाउँदै

अष्ट्रेलिया, २२ साउन बिगत केही समयदेखि बिदेशमा बस्ने नेपालीहरुले आफ्नो कला र ज्ञानले नेपालको शिर उच्च राखेको प्रमाणहरु धेरै छन् । अस्ट्रेलियामा पनि नेपाली मूलका फोटोग्राफर सरोज पन्त उत्कृष्ट फोटोग्राफीका कारण चर्चा कमाउँदै छन् । विशेष गरेर बन्यजन्तु र प्रकृति फोटोग्राफीमा अब्बल सरोज पन्तले बिगत ११ बर्ष अघिदेखि यो बिचित्रको महादेश अस्ट्रेलियाका सुन्दर तस्विरहरु आफ्नो क्यमरामा कैद गरिरहेका छन् । क्विन्सल्याण्ड राज्यको तोअम्बा ग्रामिण शहरमा बस्दै आएका पन्तले २०१९ सालमा खिचेको एक फोटोले स्थानिय समुदायमा निकै चर्चा पायो । अस्ट्रेलियाको स्थानिय प्रजातिको सुगा जस्तै देखिने “रेन्बो लोरकिट” चराको जोडीलाई “इन्द्रेणी प्रेम” बिम्बको रुपमा पन्तले फोटो फ्रेममा प्रस्तुत गरेका थिए...

Read More