Day: १६ भाद्र २०७७, मंगलवार १२:४९

नेपालमा थप १ हजार ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप १ हजार ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४० हजार ५२९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ।...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा ७० जना नयाँ संक्रमित फेला, थप ५ जनाको मृत्यु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा नयाँ कोरोना संक्रमितको दरमा कमी आएको छ। मंगलबार बिहानसम्ममा भिक्टोरियामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, थप ५ जनाको मृत्यु भएको छ। #COVID19VicData for 1 September, 2020:There were 70 new cases and sadly 5 deaths reported in Victoria yesterday. Our thoughts are with the loved ones of all those affected.We'll have more information for you later today in our media release. pic.twitter.com/by6mfDDWxx — VicGovDHHS (@VicGovDHHS) August 31,...

Read More

मंगलबारका लागि अष्ट्रेलियन डलरको दरभाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८६ रुपैयाँ ८९ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८६ रुपैयाँ ४५ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार (भदौ १६) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०८ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ९२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।...

Read More

अर्थमन्त्री डा. युवराज खतिवडाको पुनर्नियुक्तिका विषयमा बाझियो ओली–दाहाल मत

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पुनर्नियुक्तिका विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले अतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुनः दोहोर्याउन अध्यक्ष पुष्पकमल दाहालसँग प्रस्ताव गरेका थिए । तर यसमा दाहाल सकारात्मक नभएको स्रोतले बताएको छ । दाहालले भने पार्टी सचिवालयमा छलफल गरेर यस विषयमा निर्णय लिनुपर्ने मत ओलीसँगको छलफलका क्रममा राखेका छन् । नेकपामा दुई अध्यक्षको शक्ति संघर्ष मत्थर भएको बताइरहँदा खतिवडाको पुनर्नियुक्तिको विषयले फेरि मत बाझिन थालेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ...

Read More

कक्षा १२ को परीक्षा दशैँअघि नै लिने तयारी

काठमाडौँ – कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिए । विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् । नयाँ विकल्प बोर्डले विद्यार्थीको शैक्षिक सत्र...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930