Day: १७ भाद्र २०७७, बुधबार १०:४७

नेपालमा बुधबार थपिए ११२० कोरोना संक्रमित, थप १२ जनाको मृत्यु

नेपालमा बितेको २४ घण्टामा ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ। आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् । यसैगरी बितेको २४ घण्टामा  १ हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको छ ।...

Read More

अष्ट्रेलिया तीन दशक यता पहिलो पटक आर्थिक मन्दी झेल्दै, बेरोजगारी अझ बढ्ने

मेलबर्न। अष्ट्रेलिया तीन दशक यता पहिलो पटक आर्थिक मन्दीको स्थितिमा पुगेको छ। अष्ट्रेलियन तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा अष्ट्रेलियाको कुल ग्राहस्थ उत्पादन ( GDP ) ऐतिहासिक रुपमा ओरालो लागेको देखिएको हो। कुल ग्राहस्थ उत्पादन ( GDP ) वर्षका दुई चौमासिकमा निरन्तर ओरालो लागेमा आर्थिक मन्दी भन्ने बुझिन्छ। र, GDP चौमासिक अर्थात तीन महिना भित्र देशमा उत्पादित वस्तु र सेवाहरुको आधारमा मापन गरिन्छ। अष्ट्रेलियाको GDP दोस्रो चौमासिकमा ७ प्रतिशतले घटेको छ। अष्ट्रेलियाको GDP यति धेरै प्रतिशतले ओरालो लागेको यो ऐतिहासिक रेकर्ड हो। जसअनुसार, अष्ट्रेलिया २९ वर्ष देखि यता पहिलो पटक आर्थिक मन्दीको स्थितिमा पुगेको छ। कोरोना भाइरस संक्रमण तथा...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा हालको लकडाउन ११ दिनको लागि थप

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि हाल भइरहेको लकडाउन ११ दिनको लागि थप गर्ने भएको छ। यसअघि अगस्ट २ मा भिक्टोरिया सरकारले राती कर्फ्यु सहित चौथो तहको लकडाउन लागु गरेको थियो। संकटको स्थिति सहितको कर्फ्यु तथा लकडाउन एकै पटकमा एक महिनाभन्दा बढी लागु गर्न पाइंदैन। त्यसैले गर्दा राज्य सरकारले यसअघि घोषणा भएको लकडाउनको अवधी बुधबार सकिएपछि थप ११ दिनको लकडाउन गर्ने घोषणा गरेको हो। जसअनुसार हालको चौथो तहको लकडाउन सेप्टेम्बर १३ सम्म रहनेछ। भिक्टोरियामा कोरोना संक्रमण फ़ैलिएपछि सरकारले चौथो तहको लकडाउन लागु गरेको थियो। पछिल्लो केही दिन यता नयाँ संक्रमितको दरमा कमी आएपछि भिक्टोरियावासीले छिट्टै लकडाउनबाट...

Read More

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजबाट शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरू पिण्ड, पानीको आशले मर्त्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ। यस अवसरमा शास्त्रीय रूपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरूले बताएका...

Read More

कोरोनाविरुद्ध प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशा

कोरोना भाइरस विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ । प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा रहे पनि त्यसले सकारात्मक परिणाम दिइरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए । उनी प्लाज्मा थेरापीले हानि गर्दैन, त्यसैले रगत दिन र लिन डराउनुपर्दैन भनेर सुझाव दिन्छन् । उनका अनुसार चिकित्सक, स्वास्थ्यकर्मी र अन्य बिरामीले अनुमति दिएको खण्डमा प्लाज्मा थेरापीको प्रयोग त्यस्ता कोरोना भाइरसका सङ्क्रमितमा भइरहेको छ । हालसम्म यस थेरापीबाट ४५ जना निको भइसकेका छन् । अमेरिका लगायत विकसित देशमा पनि प्लाज्मा थेरापी कोरोना भाइरसविरुद्ध विकल्पको...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930