Day: १८ भाद्र २०७७, बिहीबार ११:१४

अष्ट्रेलियामा आर्थिक मन्दीका कारण सरकारद्वारा ट्याक्स कटौतीको योजना

मेलबर्न। अष्ट्रेलिया सरकारले कर कटौती गर्ने योजना ल्याएको छ। अष्ट्रेलिया तीन दशक यताकै पहिलो पटक आर्थिक मन्दीको स्थितिमा पुगेपछि सरकारले कर कटौतीको योजना बनाउन लागेको हो। तथ्यांक विभागले बुधबार जारी गरेको तथ्यांक अनुसार १९९१ देखि यता पहिलो पटक अष्ट्रेलियाको कुल ग्राहस्थ उत्पादन दोस्रो चौमासिक सम्म निरन्तर ओरालो लागेको छ। अष्ट्रेलिया सरकारले यो आर्थिक मन्दीबाट निस्किएर देशको अर्थतन्त्र उकास्नको लागि कामदारहरुको लागि सिप प्रशिक्षण देखि कर कटौतीको योजना बनाउन लागेको बताइएको छ। कर कटौती तीन चरणमा गरिनेछ। जसअनुसार, निम्न र मध्यम आम्दानी भएकाहरुका लागि कर कटौती दोस्रो चरणमा हुनेछ। कर कटौती कहिले र कसरी हुने भन्ने बारेमा बजेटमा उल्लेख गरिने...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्समा २९ हजार जनामा गरिएको परिक्षणमा १२ जनामा कोरोना पुष्टि

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा बिहिबार बिहानसम्ममा थप बाह्र जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २९ हजार भन्दा बढी व्यक्तिमा गरिएको परिक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमित मध्ये ९ जनालाई समुदायबाट सरेको र ३ जना बाहिरबाट आई होटल क्वारेन्टिनमा बसेका व्यक्ति रहेको बताइएको छ। राज्य सरकारले समुदाय स्तरमा नयाँ संक्रमितको संख्या कम हुँदै गएकोले कोरोना संक्रमण छिट्टै नियन्त्रणमा हुनेछ भन्ने आशा जागेको बताएको...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा फेरी १०० भन्दा उकालो लाग्यो नयाँ संक्रमितको संख्या

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना संक्रमितको संख्या दरमा आज फेरी उकालो लागेको छ। केही दिन देखि १०० भन्दा कम रहेको नयाँ संक्रमित संख्यामा आज १०० भन्दा उकालो लागेको हो। सेप्टेम्बर ३ बिहानसम्म भिक्टोरियामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, कोरोना संक्रमणका कारण भिक्टोरियामा थप १५ जनाको मृत्यु भएको छ। #COVID19VicData for 3 September, 2020:Yesterday in Victoria there were 113 cases reported. We are sad to report 15 deaths and we send sincere condolences to those affected. More information will be available later today via our media release. pic.twitter.com/G0sVP5rS3c — VicGovDHHS (@VicGovDHHS) September 2,...

Read More

काठमाडौँ उपत्यकामा एक सातायता १९ हजारको स्वाब सङ्कलन

काठमाडौँ उपत्यकामा एक सातायता करिब १९ हजार सात सय जनाको कन्ट्याक्ट टे«सिङमार्फत स्वाब सङ्कलन गरिएको छ । उपत्यकामा २८ हजार पाँच सय जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने उपत्यका नगरपालिका फोरमको निर्णय अनुसार बुधबारसम्म उपत्यकास्थित १८ वटै नगरपालिकाका करिब १९ हजार सात सयको कन्ट्याक्ट टे«सिङ गरिएको हो । कन्ट्याक्ट टे«सिङ गरिएका व्यक्तिको पीसीआर परीक्षण रिपोर्ट भने आउने क्रम जारी छ । स्वास्थ्य मन्त्रालयका ‘फोकल पर्सन’ को समन्वयमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्य शाखाका प्रतिनिधि सहितको टोलीले टोलटोलमा पुगेर स्वाब सङ्कलन गर्ने कार्य धमाधम भइरहेको फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । एक जना सङ्क्रमितले करिब...

Read More

उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्न पाउने गरी मौजुदा कानुन संशोधन प्रस्ताव

निर्वाचनमा सहभागी हुने उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्ने गरी मौजुदा कानुन संशोधन प्रस्ताव अगाडि बढाइएको छ । निर्वाचन प्रक्रियाका सम्पूर्ण खर्च निश्चित खाताबाट खर्च गर्ने गरी निर्वाचन कानुनलाई एकीकृत गर्ने विधेयक मस्यौदा गरी आयोगले सैद्धान्तिक स्वीकृतिका लागि कानुन मन्त्रालयमा पठाएको हो । निर्वाचनको आर्थिक पारदर्शिताका लागि भन्दै आयोगले सो प्रस्ताव अगाडि बढाएको हो । प्रस्तावित व्यवस्थामा भनिएको छ, ‘‘उम्मेदवार हुने व्यक्तिले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने बैङ्क खाताको विवरण र सो निर्वाचनको प्रयोजनका लागि खर्च गर्ने रकम तथा आर्थिक सहयोग वा प्राप्त रकम सो खातामा जम्मा गर्ने र निर्वाचन प्रयोजनका लागि खर्च हुने रकम सोही खाताबाट मात्र खर्च...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930