Day: २१ भाद्र २०७७, आईतवार १४:४३

यूकेमा मृगौला पीडित तनहुका सन्तोषकोे उपचारको लागि सहयोगको अपिल

लण्डन । दुवै मृगौला फेल भएका तनहुका सन्तोष राना मगरका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । तनहुँ जिल्लाको व्यास नगरपालिका १४ कुलुङमा बस्दै आएका २६ बर्षिय सन्तोष राना मगरलाई बेलायतको अल्डरशट निबासी जिबन थापाको पहलमा आर्थिक सहयोग संकलन गरि उपचारको लागी पठाइने भएको हो । सन्तोष रानाको दुवै मृगौलाको उपचारको लागी आर्थिक रुपमा असक्षम भएपछि आर्थिक सहयोगका लागी अनुरोध भइ आए पश्चात मानविय धर्म सम्झी आफुहरुले आर्थिक सहयोग संकलन अभियान चलाएको अभियानकर्ता पुर्खौली घर तनहुँ निवासी जिबन थापाले  बताए । तनहुँ जिल्लाको व्यास नगरपालिका १४ कुलुङमा बस्दै आएका २६ बर्षिय सन्तोष राना मगर दुबै मृगौला फेल भई हाल फिस्टेल...

Read More

अस्ट्रेलियाको मेलवर्नमा दुई हप्ताका लागि लकडाउन थपियो

भाद्र २१,मेलबर्न अस्ट्रेलियाको मेलबर्नमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको भन्दै लकडाउन दुई हप्ताका लागि थप गरेएको छ । मेलबर्नका अधिकारीहरुका अनुसार कोभिड–१९ को नयाँ केसहरु अझै नघटेका कारण कडा खालको लकडाउन दुई हप्ता थप गरिएको हो । भिक्टोरिया राज्यका प्रमुख ड्यानिएल एण्ड्रयूले सेप्टेम्बर २८ सम्म मेलबर्गनमा लकडाउन लागु हुने बताएका छन् । अक्टोबरदेखि क्रमवद्ध रुपमा प्रतिबन्ध फुकुवा गरिने भएको छ । अस्ट्रेलियामा कोरोना भाइरस संक्रमणको दोस्रो लहरको इपिसेन्टर भिक्टोरिया राज्य बनेको छ । कोभिड–१९ बाट अस्ट्रेलियाका मृत्यु भएका ७५३ जनामध्ये ९० प्रतिशत भिक्टोरियाका छन् । अस्ट्रेलियामा हालसम्म २६ हजारभन्दा बढी संक्रमित पहिचान भएका छन्...

Read More

प्राकृतिक जीवन शैली अपनाए कोरोना जस्ता भाइरसबाट बचिन्छः विज्ञ

चितवन ,भाद्र २१ बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक प्रवचन कार्यक्रममा प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञ डा हरिप्रसाद पोखरेलले जैविक कृषि पद्धतिलाई बिर्सिएर रासायनिक मल प्रयोग गर्दा सबै खानेकुरामा मन्द विष मिसिन थालेको बताउनुभयो । “आजभन्दा ५० वर्ष अघिसम्म जैविक कृषि प्रणाली थियो, त्यसलाई बिर्सिएर उत्पादन बढाउने नाममा रासायनिक मल भित्र्याएर उब्जनी गर्दा ती अनाजका माध्यमबाट धेरै नसर्ने रोग फैलिएका छन्, दूध धेरै निकाल्न गाई, भैँसीमा लगाइने हार्मोन र एन्टियोबायोटिक जस्ता...

Read More

प्रवासी नेपाली एकता मन्च दक्षिण अष्ट्रेलियाद्धारा नेपाली विद्यार्थीहरुलाई तालिम

अष्ट्रेलिया,भाद्र २१ प्रवासी नेपाली एकता मन्च दक्षिण अष्ट्रेलियाले त्यहाँ रहेका नेपाली विद्यार्थीहरुलाई सहयोग पुुराउने उदेश्यले विद्यार्थीहरुको रुची अनुसारको तालिम प्रदान गरेको छ । एडीलेडमा रहेका नेपाली विद्यार्थिहरुलाई विभिन्न समुहमा वर्गिकरण गरी उनिहरुको आवश्यकता र रुचीलाई अध्ययन गरी तालिम प्रदान गरेको हो । विद्यार्थीहरुका निवेदनलाई आधार मानेर भविश्यमा समेत सहज रुपमा रोजगारी प्राप्त गर्न सक्ने क्षेत्रहरुको पहिचान गरि तालिम प्रदान गरेको प्रवासी नेपाली एकता मन्च दक्षिण अष्ट्रेलियाका अध्यक्ष हेमराज खनालले जानकारी दिनुभयो । Barista Training, Responsible Service of Alcohol Training ,White Card Training , Job Hunting info Session,/ Basic Cleaning Training  गरी पाँच विधामा तालिम दिइएको खनालले बताउनुभयो । नेपालका...

Read More

अष्ट्रेलियाबाट अभिनयको सांगीतिक कोसेली ‘अन्तै मबाट’

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा बसोवास गर्दै आएका नेपाली युवा अभिनय निरौलाले नेपाली संगीतका दर्शक श्रोतामाझ नयाँ सांगीतिक कोसेली लिएर आएका छन्। निरौलाले आफ्नै शब्द रहेको नयाँ म्युजिक भिडियो ‘अन्तै मबाट’ सार्वजनिक गरेका हुन्। गीतमा निरौला संगै लोकप्रिय गायिका प्राशना शाक्यको स्वर रहेको छ। त्यस्तै, गीतमा संगीत संयोजन प्रमोद निर्वाणले गरेका छन्। कागजी विवाह, विदेश यात्रा, प्रेम सम्बन्ध, अविश्वास, धोका लगायत जीवनका मोडहरुलाई सुन्दर ढंगले कथानक रुपमा प्रस्तुत गरिएको म्युजिक भिडियोलाई रोबिन भण्डारीले छायांकन गरेका हुन्। म्युजिक भिडियोमा हसिना महर्जन, जितेन महर्जन सन्तोष पन्त, वल्पसको अभिनय देख्न सकिन्छ। त्यस्तै, म्युजिक भिडियोको सम्पादन महेश भट्टाराईले गरेका...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930