Day: २ आश्विन २०७७, शुक्रबार १२:२०

नेपालमा २४ घण्टामा २ हजार मानिसमा कोरोना संक्रमण पुष्टि

नेपालमा बितेको २४ घण्टामा २ हजार २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार चार सय ५८ जनामा गरिएको परीक्षणमा शुक्रबार दुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुनेको दर ७१.१ प्रतिशत रहेको छ ।...

Read More

अष्ट्रेलियाको भिक्टोरिया सरकारद्वारा कोरोना भाइरस प्रभावित नेपाली समुदायलाई १ लाख डलर सहयोग

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले कोरोना भाइरस प्रभावित नेपाली समुदायलाई १ लाख डलर सहयोग गर्ने भएको छ। बहुसांस्कृतिक मन्त्रीस्तरीय निर्णयले नेपाली समुदायका लागि १ लाख डलर अनुदान सहयोग स्वीकृत गरेको हो। सरकारले भिक्टोरियन नेपाली कोभिड १९ टास्क फोर्सलाई ५० हजार डलर अनुदान सहयोग दिने भएको छ। नेपालबाट भिक्टोरिया आएका विद्यार्थी तथा काम गुमाएकाहरुका लागि एनआरएनए अष्ट्रेलिया, नेप्लिज एसोसिएसन अफ भिक्टोरिया, भिक्टोरिया स्थित महावाणिज्यदुतको कार्यालय, अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन लगायत नेपाली सामाजिक संस्थाहरुको समूह ‘भिक्टोरियन नेपाली कोभिड १९ टास्क फोर्स’ ले खाद्यान्न लगायत अत्यावश्यक वस्तु तथा सेवाको लागि सहयोग गर्दै आएको छ । त्यस्तै, राज्य सरकारले भिक्टोरियामा कोरोना...

Read More

क्विन्सल्याण्डले अष्ट्रेलियन क्यापिटल टेरिटोरिको लागि बोर्डर खुल्ला गर्ने

ब्रिसबेन। अष्ट्रेलियामा कोरोना भाइरस महामारीका कारण राज्यका बोर्डरहरु बन्द रहेका छन्। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि राज्यहरुले बोर्डर बन्द गरेका हुन्। यसैबीच, क्विन्सल्याण्ड राज्यले अष्ट्रेलियन क्यापिटल टेरिटोरिका लागि बोर्डर खुल्ला गर्ने भएको छ। क्विन्सल्याण्डले क्यापिटल टेरिटोरिका लागि सेप्टेम्बर २५ देखि बोर्डर खुल्ला गर्ने भएको हो। क्विन्सल्याण्ड राज्य सरकारका अनुसार, क्यापिटल टेरिटोरिमा बसोवास गर्नेहरु होटल क्वारेन्टिन बिना नै क्विन्सल्याण्ड आउन सक्नेछन्। क्यापिटल टेरिटोरिमा हाल कोरोना भाइरस संक्रमण नियन्त्रणमा आएका कारण बोर्डर खुल्ला गरिने क्विन्सल्याण्ड राज्य सरकारले जनाएको छ। क्यापिटल टेरिटोरिमा पछिल्लो १० साता यता नयाँ संक्रमित फेला परेका छैनन्। त्यस्तै, क्विन्सल्याण्ड राज्य सरकारले यसको फाइदा उठाउँदै कोही व्यक्ति बोर्डरमा झुट...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्समा ५ जना होटल क्वारेन्टिनमा रहेकाहरु सहित ६ जनामा संक्रमण पुष्टि

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ जना नयाँ संक्रमित फेला परेका छन्। ६ जना मध्ये ५ जना होटल क्वारेन्टिनमा रहेकाहरु र एक जनालाई समुदाय स्तरबाट सरेको बताइएको...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा फेरी बढ्यो नयाँ संक्रमितको संख्या

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा शुक्रबार बिहान सम्म पछिल्लो २४ घण्टामा ४५ जना नयाँ संक्रमित फेला परेका छन्। नयाँ संक्रमितको यो संख्या सेप्टेम्बर १० देखि यताको सबैभन्दा बढी हो। त्यस्तै, भिक्टोरियामा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930