Day: ६ आश्विन २०७७, मंगलवार ०९:४७

अष्ट्रेलियामा युनिभर्सिटीले अनलाइन पढाउँदा पनि पूरा कोर्सको शुल्क लिएकोमा विद्यार्थीहरुको आपत्ति

मेलबर्न। अष्ट्रेलियामा युनिभर्सिटीले अनलाइन पढाउँदा पनि पूरा कोर्सको शुल्क लिएकोमा विद्यार्थीहरुले आपत्ति जनाएका छन्। विद्यार्थीहरुले घरबाटै अनलाइन पढ्दा पनि कुनै सहुलियत नदिई नियमित कलेज / युनिभर्सिटी गएजसरि शुल्क लिएको भन्दै आपत्ति जनाएका हुन्। युनिभर्सिटीहरुले यस्तो महामारीको समयमा पनि शुल्क नघटाएकोमा विद्यार्थीहरुले आफूहरु मारमा परेको बताएका छन्। उनीहरुका अनुसार, काम पाउन गाह्रो भैरहेको छ भने, अर्कोतिर युनिभर्सिटीलाई पूरा शुल्क तिर्नुपर्ने अवस्था छ। विद्यार्थीले घरबाट नै अनलाइन पढ्दा निकै सस्तो शुल्कमा पढ्न सकिने तर अहिले युनिभर्सिटीले त्यसरी नै अनलाइन कक्षा लिंदा भने महँगो शुल्क लिएको बताएका छन्। विद्यार्थी भन्छन् , ” अनलाइन नै पढ्न त हामीले आफ्नो देशमा नै रहेर र...

Read More

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा

काठमाडौं । मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । लकडाउनको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् । शुक्रबार निजी क्षेत्रको विमान कम्पनी बुद्ध एयरले ‘होलिडे’ नामको टुर प्याकेज सार्वजनिक गर्यो । सो प्याकेजमा नेपालका प्रमुख गन्तव्यहरु पोखरा र चितवनको सौराहाका लागि हवाई टिकट, होटल पिक एण्ड ड्रपदेखि होटलको सबै खर्चहरु समेत समावेश गरिएको छ । अर्को निजी विमान कम्पनी यति एयरलाइन्सले विभिन्न गन्तव्यका १६ वटा टुर प्याकेज सार्वजनिक गर्यो । यतिले ट्रंक रुटहरु...

Read More

अष्ट्रेलियाको जिलोङ्गमा बस्ने नेपाली समुदायलाई पनि सरकारद्वारा आर्थिक अनुदान

जिलोङ्ग। अष्ट्रेलियाको जिलोंगमा बस्ने नेपाली समुदायलाई पनि सरकारले आर्थिक अनुदान सहयोग प्रदान गर्ने भएको छ। भिक्टोरिया सरकारले जिलोङ्ग नेप्लीज एशोसिएसनलाई १५ हजार डलर अनुदान सहयोग प्रदान गर्ने भएको हो । जिलोङ्ग नेप्लीज एसोसिएसनले कोरोना महामारीका समयमा अन्तर्राष्ट्रिय विद्यार्थी लगायत रोजगारी गुमाएकाहरुलाई अत्यावश्यकीय सामग्री सहितको राहत प्याकेज वितरण गर्दै आएको छ। यस्तै, संस्थाले महामारीको समयमा पर्नसक्ने मानसिक असरलाई ख्याल राख्दै मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गरिरहेको छ। सरकारले घोषणा गरेको अनुदानले गर्दा अझ प्रभावकारी ढंगले सहयोग अभियान जारि राख्न हौसला मिलेको संस्थाले जनाएको...

Read More

अष्ट्रेलियामा मिलिनियरहरुले पनि दिए बेरोजगारी भत्ताको लागि आवेदन, सरकारले सम्पत्ति जाँच गर्ने

मेलबर्न। अष्ट्रेलिया सरकारले कोरोना भाइरसका कारण रोजगारी गुमाएकाहरुलाई भत्ता तथा सुविधा सहितका विभिन्न किसिमका राहत प्याकेजहरु दिइरहेको छ। सरकारले अष्ट्रेलियाको स्थायी भिसा होल्डर र नागरिकहरुलाई दिइरहेको भत्ताको लागि मिलिनियरहरुले पनि आवेदन दिएको खुलासा भएको छ। मार्च यता बेरोजगारी भत्ता ( JobSeeker unemployment benefit ) का लागि आवेदन दिनेहरुको संख्या ८ लाख रहेको छ। ती मध्ये ३ हजार ६ सय जना मिलिनियरहरु रहेका छन्। ६ महिना अघि धेरै अष्ट्रेलियनहरुले जागिर गुमाएपछि सरकारले सम्पत्ति जाँच रोकेको थियो। जसले गर्दा मिलिनियरहरुले पनि बेरोजगार भत्ताको लागि आवेदन दिए। तर सरकारले आउँदो शुक्रबार देखि सम्पत्ति जाँच पुन: सुचारु गर्ने भएपछि उनीहरुको भत्ता पाउने आशा...

Read More

कंडेल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा टिकटक प्रतियोगिता, प्रथम हुनेलाई १ लाख ५० हजार नगद पुरस्कार

काठमाडौं। टिकटकमा आफ्नो कला क्षमता प्रस्तुत गर्दै आइरहेकाहरुका लागि द जीएमआई एकेडेमीले सुनौलो अवसर सहितको कार्यक्रमको आयोजना गरेको छ। द जीएमआईले सहि हो इभेन्टसंगको सहकार्यमा मिस्टर एण्ड मिस टिकटक नेपाल प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगितालाई अष्ट्रेलियामा पढ्न र करियर बनाउन जान चाहनेहरुका लागि भरपर्दो माध्यम बन्दै आइरहेको कंडेल कन्सल्टेन्सीले प्रायोजन गरेको छ। प्रतियोगिताको निर्णयाक मण्डलमा अभिनेत्री प्रियंका कार्की, चरित्र अभिनेता किरण के सी र नृत्य निर्देशक कविराज गहतराज रहेका छन्। सामाजिक संजालमा आउने लाइक, कमेन्ट, सेयरलाई पनि जोडेर मुल्यांकन गरिने आयोजकले जनाएका छन्। प्रतियोगितामा सहभागी हुन चाहनेले असोज १३ गतेसम्ममा आफ्नो भिडियो पठाईसक्नुपर्नेछ। मिस्टर एण्ड मिस टिकटक नेपाल प्रतियोगितामा...

Read More

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930