Day: ७ आश्विन २०७७, बुधबार ०९:२०

अष्ट्रेलियाबाट चितवनमा म​स्तिष्क प​क्ष​घात पिडित बाल​बालिकाको लागि कार्यरत संस्थाका लागि आर्थिक सहयोग

मेलबर्न। चितवनको सामाजिक संस्थाका लागी अष्ट्रेलियाबाट चितवन समाज भिक्टोरियाले आर्थिक सहयोग प्रदान गरेको छ। चितवन समाज भिक्टोरियाले म​स्तिष्क प​क्ष​घात पिडित बाल​बालिकाको लागि काम गर्ने संस्था दिवा स्याहार केन्द्रका लागि आर्थिक सहयोग गरेको हो। आर्थिक अभावका कार​ण संस्था ब​न्द​ हुन​ स​क्ने स्थितिमा रहेको खबर पुगेपछि १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको चितवन समाज भिक्टोरियाले जनाएको छ। सहयोग रकम हस्तान्तरण गरेको उल्लेख गर्दै समाजले सेवा भावलाई निरन्तरता दिंदै दिवा स्याहार केन्द्र बालबालिकाको लागि अझ बलियो सहारा बन्ने छ भन्ने विश्वास सहित शुभकामना व्यक्त गरेको छ...

Read More

अष्ट्रेलियाको सिड्नीमा पार्किङ्ग गरेको कारको झ्याल खुल्लै राखेका कारण ११२ डलर जरिवाना

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा पार्किङ्ग गरेको कारको झ्याल खुल्लै राखेका कारण एक जोडीले जरिवाना तिर्नु परेको छ। त्यो जोडीमध्ये श्रीमतीले सामाजिक संजाल फेसबुकमा एउटा पोस्ट राख्दै जरिवाना तिर्नुपरेको बताएकी हुन्। उनका अनुसार, कार उनीहरुले आफ्नो घर बाहिर पार्क गरेका थिए। कारको झ्याल भने खुल्लै थियो। उनका श्रीमान कार देखिने ठाउँमा, बगैंचामा काम गरिरहेका थिए। त्यही समय प्रहरी आएर कारको झ्याल खुल्लै भएका कारण उनीहरुलाई ११२ डलर जरिवाना तिराएको हो। सामाजिक संजालमा उनले पोस्ट गरेपछि केहीले यो नियमले गर्दा कारको सुरक्षा हुने बताएका छन् भने केहीले सरकारको लागि राजश्व उठाउने सजिलो माध्यम भनि टिप्पणी गरेका छन्। न्यु साउथ वेल्सको सडक कानुन...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्समा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सबै होटल क्वारेन्टिनमा रहेका व्यक्ति

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितको यो संख्या बुधबार बिहानसम्म पछिल्लो २४ घण्टाको हो। न्यु साउथ वेल्समा समुदाय स्तरबाट संक्रमण सर्नेको संख्या शुन्यमा झरेको छ। पछिल्लो दुई दिनमा समुदाय स्तरबाट संक्रमण सरेकाको संख्या शुन्य रहेको हो। थपिएका नयाँ संक्रमित सबै होटल क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन्। राज्य सरकारले समुदाय स्तरमा नयाँ संक्रमितको संख्या शुन्य देखिनु राम्रो संकेत रहेको बताएको छ। तर जाँच नभएका कारण संक्रमण नदेखिएको या लापरबाहीले गर्दा संक्रमण हुन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह समेत गरेको...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बुधबार बिहानसम्म पछिल्लो २४ घण्टामा १५ जना नयाँ संक्रमित फेला परेका हुन्। त्यस्तै, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। योसंगै भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ७१ पुगेको छ। भिक्टोरियामा पछिल्लो समय कोरोना संक्रमण दरमा उल्लेखनीय कमी आइरहेको छ। #COVID19VicData: Yesterday there were 15 new cases & the loss of 5 lives reported. Our thoughts are with all affected.The 14 day rolling average & number of cases with unknown source are down from yesterday as we move toward...

Read More

अक्टोबर महिनासम्म मनसुन गतिविधि बढ्ने अनुमान

यस वर्षको मनसुन थप लम्बिने भएको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो । मौसमविद् मिनकुमार अर्यालका अनुसार अबको चार–पाँच दिन मनसुन सक्रिय हुने र तोकिएभन्दा पछिसम्म मनसुन कायम रहनेछ । गत वर्षझैँ यस वर्ष पनि अक्टोबर महिनासम्म मनसुन गतिविधि बढ्ने प्रारम्भिक अनुमान गरिएको छ तर त्यसको वास्तविक जानकारी भने हरेक चार वा पाँच दिनको अन्तरालमा मात्र दिने गरिएको छ । “नेपालमा पूर्र्वीय र मध्यक्षेत्र हुँदै पश्चिमतर्फ मनसुनी वायु सक्रिय भइसकेको छ, त्यसैले...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930