Day: ११ आश्विन २०७७, आईतवार ०८:४३

अष्ट्रेलियाको मेलबर्नमा सामाजिक दूरीको नियम उल्लङ्घन गर्नेलाई अब ५ हजार डलर जरिवाना

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा सामजिक दूरीको नियम उल्लङ्घन गर्नेलाई अब ५ हजार डलर जरिवाना लाग्ने भएको छ। २८ सेप्टेम्बर देखि लागु हुनेगरि भिक्टोरिया सरकारले मेलबर्नमा लकडाउन खुकुलो गरिने घोषणा गरिएको छ। जसअनुसार, दुई परिवारका पाँच जना मान्छे घर बाहिर एकै ठाउँ भेला हुन पाउनेछन्। तर घरदेखि ५ किलोमिटर भन्दा टाढा जान भने पाउनेछैनन्। त्यस्तै, घर बाहिर पाँच जना जम्मा हुन पाएतापनि घरभित्र जम्मा हुन पाइनेछैन। यदि यी नियम तोडेमा ५ हजार डलर जरिवाना तिर्नुपर्ने उल्लेख गरिएको छ। Statement on Melbourne moving to the Second Step towards COVID Normal: pic.twitter.com/S1ARzY9R2M — Dan Andrews (@DanielAndrewsMP) September 27,...

Read More

अष्ट्रेलियाका यी १० सबर्बमा अहिले अपार्टमेन्ट खरिद नगर्न विज्ञहरुको सुझाव

मेलबर्न। अष्ट्रेलियामा अहिले कोरोना महामारीका कारण घरजग्गाको मूल्यमा कमी आएको छ। जसले गर्दा घरजग्गा खरिद गर्न चाहनेहरु आफ्नो लागि उपयुक्त घरको खोजीमा छन्। रियल स्टेट सम्बन्धि विज्ञहरुले भने केही सबर्बमा अहिले अपार्टमेन्ट किन्नु जोखिमपूर्ण रहेको बताएका छन्। उनीहरुका अनुसार, ती क्षेत्रमा अपार्टमेन्टको मूल्यमा अझ गिरावट आउनेछ। त्यस्तै, अपार्टमेन्टबाट भाडा उठाउन चाहनेहरुका लागि पनि अझै केही समय अनुकुल नरहेको विज्ञहरुको भनाइ छ। सेभेन न्युजले विज्ञहरुको भनाइको आधारमा हालको लागि अपार्टमेन्टमा लगानी गर्न जोखिमपूर्ण सबर्बहरुलाई यसरी सुचिकृत गरेको छ : Melbourne, Victoria, 3000 Docklands, Victoria, 3008 Mascot, NSW, 2020 Rouse Hill, NSW, 2155 Parramatta, NSW, 2150 Gosford, NSW 2250 Darwin, NT,...

Read More

अष्ट्रेलिया नेपाल पब्लिक लिंकद्वारा भिक्टोरियामा नि:शुल्क ड्राइभिङ्ग प्रशिक्षण

मेलबर्न। अष्ट्रेलियामा लामो समयदेखि नेपाली समुदायको हितमा क्रियाशील संस्था अष्ट्रेलिया नेपाल पब्लिक लिंकले नि:शुल्क ड्राइभिङ्ग प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ। विद्यार्थीहरुलाई प्राथमिकतामा रखिएको यो प्रशिक्षण कार्यक्रम भिक रोडबाट कम्युनिटी रोड सेफ्टी अनुदान प्राप्त कार्यक्रम हो। नि:शुल्क ड्राइभिङ्ग प्रशिक्षणको लागि इच्छुक व्यक्तिहरुलाई फारम भर्ना आग्रह गरिएको थियो। जसमा आयोजक संस्थाले अपेक्षा गरेभन्दा बढी, १ सय ४१ जनाले उक्त फारम भरेका छन्। संस्थाका अनुसार, प्रशिक्षणको लागि चालीस जनाको मात्र कोटा रहेको हुनाले फारम भरेकाहरु सबै प्रशिक्षणमा सहभागी हुन नपाउने भएका छन्। तर संस्थाले फारम भरेका सबैलाई इमेल पठाउनेछ। र, इमेलको जवाफ सबैभन्दा छिटो दिने चालिस जना प्रशिक्षणको लागि छनोट हुनेछन्।...

Read More

अष्ट्रेलियाको मेलबर्नमा जारी कर्फ्यु सोमबार देखि हट्ने

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा कोरोना संक्रमण नियन्त्रणका लागि राती ९ बजे देखि बिहान ५ बजेसम्म जारी कर्फ्यु अब हट्ने भएको छ। कोरोना संक्रमणका नयाँ केस न्यून हुँदै गएपछि सरकारले लकडाउन खुकुलो गर्ने दोस्रो चरणको योजनालाई कार्यन्वयनमा ल्याउने भएको हो। जसअनुसार, मेलबर्नमा राती ९ बजे देखि बिहान ५ बजेसम्म जारि हुँदै आएको कर्फ्यु सरकारले २८ सेप्टेम्बर अर्थात सोमबार देखि हट्ने बताएको छ। त्यस्तै, मेलबर्नमा बन्द चाइल्डकेयर र स्कुलहरु खुल्नेछन्। घर बाहिर दुई परिवारका गरेर पाँच जनासम्म व्यक्ति जम्मा हुने, शारीरिक अभ्यास गर्ने गर्न पाइनेछ। तर पाहुना लाग्न भने पाइनेछैनर र ५ किलोमीटर भन्दा टाढा पनि जान पाइनेछैन। विवाह तथा धार्मिक कार्यहरुमा...

Read More

अष्ट्रेलियाको क्विन्सल्याण्डमा ३ हजार जनामा गरिएको परिक्षणमा एक जनामा देखियो पोजेटिभ

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्डमा एक जनामा कोरोना संक्रमण भेटिएको छ। ३ हजार भन्दा बढी व्यक्तिमा गरिएको परिक्षणमा एक जनाको नतिजा पोजेटिभ आएको हो। होटल क्वारेन्टिनमा रहेका व्यक्तिमा पोजेटिभ देखिएको बताइएको छ। यो संगै क्विन्सल्याण्डमा सक्रिय संक्रमितको संख्या ८ पुगेको...

Read More

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930