Category: अष्ट्रेलिया

अष्ट्रेलियाको भिक्टोरियामा रुघाखोकीको संक्रमण,५ महिनामा २६ जनाको मृत्यु

मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा यो वर्षको शुरुवाती ५ महिनामा रुघाखोकीबाट २६ जनाले ज्यान गुमाएका छन् । त्यसरी मृत्यु हुनेमा तीनजना बालबालिका समेत रहेका छन् । रुघाखोकीबाट २ वर्षका बच्चाले समेत ज्यान गुमाएको कार्यवाहक प्रमुख स्वास्थ्य अधिकारीलाई उधृत गर्दै एसबिएस न्यूजले जनाएको छ । वृद्ध स्याहार केन्द्रहरुमा रुघाखोकीको समस्या अझ बढी देखिएको समाचारमा उल्लेख छ । पछिल्लो पाँच महिनामा झण्डै १० हजार ६८३ जनामा रुघाखोकीको संक्रमण देखिएको चिकित्सकहरुले बताए । स्वास्थ्य अधिकारीहरुले भिक्टोरियावासीलाई समयमै रुघाखोकी विरुद्धको खोप लगाउन सुझाएका छन्...

Read More

अष्ट्रेलियाको मेलबर्नमा क्याफेले कर्मचारीलाई कम तलब दिएका कारण हुनेभयो यस्तो कारबाही

मेलबर्न । अष्ट्रेलियाको मेलबर्न स्थित एउटा क्याफे कारबाहीमा परेको छ । भित्री मेलबर्नमा रहेको सुपर म्याक्स कफीले कर्मचारीलाई कम तलब दिएका कारण कारबाहीमा पर्ने भएको हो । उक्त क्याफेले ३७ हजार ५ सय २० डलर तलब कम दिएको थियो । फेयर वर्कले क्याफेलाई कारबाही स्वरुप उक्त रकम सबै बुझाउन र सार्वजनिक माफी माग्न निर्देशन दिएको छ । क्याफेले सार्वजनिक माफी सहितको विज्ञप्ति क्याफे र सामाजिक संजालमा समेत राख्नुपर्नेछ । क्याफेबाट ठगिएका कर्मचारीमा अधिकांश २६ वर्ष उमेर मुनिका र विद्यार्थीहरु रहेको बताइएको छ । Source : 7...

Read More

अष्ट्रेलियामा पूर्वप्रेमीकाको नामबाट इन्स्टाग्राम पेज बनाउने युवक विरुद्ध मुद्दा

मेलबर्न । पूर्वप्रेमिकाको नामबाट इन्स्टाग्राम पेज बनाउने युवकलाई सजाय हुने भएको छ । अष्ट्रेलियाको नयाँ कानुन अनुसार, उनी विरुद्ध मुद्दा चलिरहेको छ । पश्चिम अष्ट्रेलियाका युवकले पूर्व प्रेमिकाको नामबाट इन्स्टाग्राम पेज बनाएका थिए । उनले ब्रेकअप भएपछि ती प्रेमिकाका आफूसंग भएका फोटोहरु उक्त पेजमा राखेका थिए । २४ वर्षीय उनले पूर्वप्रेमिकाका आपत्तिजनक फोटोहरु राखेका थिए । त्यो पेज डाउन भएपछि उनले फेरी थप चार पेजहरु खोले र ती पेजहरुमा पनि पूर्वप्रेमिकाकै नामबाट आपत्तिजनक फोटोहरु राखेका थिए । अष्ट्रेलियाको नयाँ कानुनमा अरु व्यक्तिको आपत्तिजनक फोटो उसको अनुमति बिना अरु कसैलाई देखाउनु, सामाजिक संजालमा पोस्ट गर्नुलाई अपराधको रुपमा लिइएको छ ।...

Read More

अष्ट्रेलियाको वुलवर्थमा बुधबार लाग्दैछ ठूलो सेल, ५० प्रतिशतसम्म छुट

मेलबर्न । अष्ट्रेलिया स्थित सुपरमार्केटमा ठूलो सेल लाग्ने भएको छ । मे २२ अर्थात भोली बुधबार वुलवर्थमा सेल लाग्ने भएको हो । उक्त सेलमा खानेकुरा, सरसफाईसंग सम्बन्धित सामानहरु आदिमा ५० प्रतिशतसम्म छुट हुने बताइएको छ । सेलको फाइदा उठाउँदै सामान किन्न चाहनेहरुले वुलवर्थको एप्लिकेसन मार्फत पनि सामान खरिद गर्न सक्नेछन् । स्टोर र अनलाइन दुवैमा छुट उपलब्ध हुने वुलवर्थले बताएको छ । Source : 7 News  Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

अष्ट्रेलियाबाट एक क्लिकमै नेपालमा केक र उपहार, चाहेकै दिनमा घरकै दैलोमा

मेलबर्न । नेपालबाट अष्ट्रेलिया आउँदा जोकोही व्यक्तिलाई आफ्नो परिवार, साथीभाइ, आफन्तको यादले सताउने गर्छ । अझ विशेष दिनमा उनीहरुसंग खुशी बाँड्न नपाउँदा मन दु:खी बन्छ । Cake to Nepal ले ती विशेष दिनहरुमा नेपाल र अष्ट्रेलियामा रहने व्यक्तिहरुको मन खुशी बनाइदिने प्रयास गरिरहेको छ । मेलबर्नमा मुख्य कार्यालय रहेको केक टु नेपालले अनलाइन मार्फत सेवा प्रदान गर्ने गर्छ । अष्ट्रेलियामा रहेका व्यक्तिहरुले केक तथा उपहार नेपाल पठाउन चाहेमा केक टु नेपालको वेबसाइट मा गएर आफूले चाहे अनुसारको उपहार, केक अर्डर गर्न सक्छन् । ग्राहकले आफ्नो बजेट तथा चाहना अनुसार उपहार रोज्न पाउन् भन्ने उद्देश्यले उपहारमा महँगो मोबाइल देखि कम...

Read More