Category: खेल

च्याम्पियन्स लिगमा फुटबलका भगवानको चमात्कार

एजेन्सी । युभेन्टसले च्याम्पियन्स लिग फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै एथ्लेटिको मड्रिडलाई हराएर क्वाटरफाइनलमा स्थान बनाएपछि रियो फर्डिनान्डले क्रिष्टियानो रोनाल्डोलाई ‘लिभिङ्ग फुटबल गड’ अर्थात फुटबलको जीवित भगवान भनेका छन् । पहिलो लेगमा २–० ले पराजित भएर दबाबमा रहेको युभेन्टसले मंगलबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा ३–० को जित निकाल्दै समग्रमा ३–२ को जितसहित अन्तिम ८ मा स्थान बनाएको हो । युभेन्टसको उत्कृष्ट पुनरागमनमा तीनै गोल रोनाल्डोले गरेका हुन् । रोनाल्डोको पूर्व साथी खेलाडी तथा बिटी स्पोर्टसका फुटबल पण्डित रियो फर्डिनान्डले रोनाल्डोको प्रदर्शन भगवानतुल्य रहेको बताए । उनले भने, ‘रोनाल्डो फुटबलका जीवित भगवान हुन् । उनले जे गरे त्यो अपत्यारिलो...

Read More

१० महिनापछि जिदान फेरि रियल मड्रिड फर्किए

एजेन्सी । स्पेनिस जाइन्ट रियल मड्रिड छोडेको १० महिनापछि जिनेदिन जिदान फेरि क्लबको प्रशिक्षकका रुपमा फर्किएका छन् । रियल मड्रिडलाई लगातार तीन सिजन च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाएका जिदानले गएको सिजन युरोपियन च्याम्पियन बनेको केही दिनपछि राजीनामा दिएका थिए । त्यसको केही महिनापछि रियल मड्रिडको जिम्मा सान्टियागो सोलारीले पाए । सोलारीको प्रशिक्षणमा रियल मड्रिडले खासै राम्रो गर्न सकेन । सबैभन्दा ठूलो धक्का लगातारको युरोपियन च्याम्पियन रियल मड्रिड यो सिजन अन्तिम १६ बाटै बाहिरियो । त्यसपछि क्लबले प्रशिक्षकको विकल्प खोजेको हो, त्यसमा सबैभन्दा उत्तम विकल्प बने जिदान । जिदानलाई क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले विशेष आग्रह गरेर फेरि प्रशिक्षकका नियुक्त गर्न...

Read More

यति कप फुटबलको उपाधि आयोजकले नै जित्यो

मेलबर्न । मेलबर्नमा सञ्चालन भएको यति कप नेशनल च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि आयोजक यति क्लबले जितेको छ । दुई दिनसम्म लगातार चलेको प्रतियोगितामा १६ टिमको सहभागितामा रहेको थियो । आइतवार सम्पन्न प्रतियोगिताको फाईनलमा मेलबर्नको युनाईटेड फुटबल क्लबलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै यति फुटबल क्लब च्याम्पियन बन्न सफल भएको हो । यति क्लबको यो ह्याट्रिक उपाधि हो । तीन पटक लगातार जीत हासिल गरेर यतिले ह्याट्रिक गर्न सफल भएको हो । प्रतियोगिताको प्रतिस्पर्धात्मक खेलमा अभियान प्रधानको गोलमा यति क्लबले जीत दर्ता गरेको हो । अर्कोतर्फ ३५ वर्षमाथिको उमेर समूहको फाईनल खेल हिमालयन युथ क्लबले जित्यो । सिड्नीको माछापुच्छ्रे...

Read More

म्यानचेस्टर युनाइटेडसँग पिएसजी स्तब्ध

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई स्तब्ध पार्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा पराजित भएको म्यानचेस्टर युनाइटेडले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै अवे गोलका आधारमा क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति पिएसजीको मैदानमा भएको खेलमा भ्रमण टोली युनाइटेडले घरेलु टोलीलाई ३–१ ले हरायो । पहिलो लेगमा २–० ले पराजित भएको युनाइटेडले समग्रहमा ३–३ को बराबरी गर्दै अवे गोलका आधारमा अघिल्लो चरणमा स्थान पक्का गरेको हो । दोस्रो लेगमा दोस्रो मिनेटमा नै रामेलु लुकाकुले गोल गर्दै...

Read More

अष्ट्रेलिया भारतसंग ८ रनले पराजित

एजेन्सी । घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित निकालेको छ । मंगलबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ८ रनले हराएको हो । भारतले दिएको २ सय ५० रनको लक्ष्य पछ्याउने क्रममा रहेको अस्ट्रेलियाले ४९ ओभर ३ बलमा अल आउट हुँदै मात्र २ सय ४२ रन बनायो । भारतको जितका लागि कप्तान विराटी कोहलीले महत्वपूर्ण पारी खेले । उनले १ सय २० बलको सामना गर्दै १ सय १६ रन बनाए । भारतका लागि विजय शंकरले ४६, शिखर धवन र रवीन्द्रसिंह जडेजाले समान २१, अम्बाती राएडुले १८ र केदार जाधवले ११ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । अष्ट्रेलियाका मार्कस स्टोइनेसले ५२...

Read More