Category: खेल संसार

मेस्सीको टिम अर्जेन्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमै पराजित

एजेन्सी । उपाधि दाबेदार टिम अर्जेन्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमै पराजित भएको छ । ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासंग २–० गोल अन्तरले पराजित भएको हो । एरिना नोभा स्टेडियममा कोलम्बियालाई जित दिलाउन रोजर मार्टिनेज र डुजापटाले एक एक गोल गरे । कोलम्बियासंग पहिलो हाफ गोलरहित बराबरी खेलेपनि लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल खाएको थियो । खेलको ७१ औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा जापटाले गोल गर्दै कोलम्बियालाई २(० को जित दिलाए । अर्जेन्टिनाले भने पाएको केहि मौकालाई सदुपयोग गर्न...

Read More

वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सहज जित

काठमाडौं । ओपनर जोए रुटले अविजित शतकीय इनिङ्स खेलेपछि घरेलु टोली इंग्ल्यान्डले एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजमाथि सहज जित हात पारेको छ । साउथह्याम्पटनमा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजमाथि ९ विकेटको सहज जित हात पारेको हो । वेस्ट इन्डिजले दिएको २ सय १३ रनको मध्यम लक्ष्य घरेलु टोली इंग्ल्यान्डले ३३ ओभर १ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । ९३ बलमा ११ चौकाको मद्दतमा शतक पूरा गरेका रुट १ सय रनमा अविजित रहे । क्रिस वोक्स ४० रनमा आउट भए । बेन स्टोकले १० रन जोडे । वेस्ट इन्डिजका दुवै विकेट सानम ग्याब्रियलले लिए । घरेलु टोली इंग्ल्यान्डले...

Read More

मेस्सी विश्वमै सबैभन्दा बढी कमाउने खेलाडी

एजेन्सी । अर्जेन्टिनाका फुटबल स्टार लेओनल मेस्सी संसारकै सबैभन्दा बढी कमाउने खेलाडी बनेका छन् । फोर्ब्सले निकालेको सुचीमा उनी सबैभन्दा बढी कमाउने खेलाडीमा पहिलो नम्बरमा आएका हुन् । फोर्ब्सका अनुसार गत वर्षको आम्दानीको मूल्यांकनको आधारमा उक्त सुची तयार पारिएको हो । मेस्सीले गत वर्ष तलब तथा विभिन्न व्यवसायिक सम्झौताबाट १ सय २७ मिलियन डलर कमाएका छन् । सुचीमा दोस्रो स्थानमा पर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो आएका छन् । गत वर्ष उनले १ सय ९ मिलियन डलर कमाएका थिए । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form....

Read More

सन्दीप लामिछाने किन आए अष्ट्रेलिया ?

मेलबर्न ।  नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने तीन साता लामो अष्ट्रेलिया बसाइपछि आज स्वदेश फर्किने भएका छन् । एकपछि अर्को विदेशी फ्रेन्चाइजी लिग खेलेर चर्चाको शिखरमा रहेका सन्दीप अष्ट्रेलियाका क्रिकेट एकेडेमीसँग केही छलफल लगायत केही व्यक्तिगत काममा लागि अष्ट्रेलिया पुगेको थिए । आसन्न आइसीसी टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटको तयारीका लागि उनी नेपाल फर्किन लागेका हुन् । अष्ट्रेलिया बसाईका क्रममा उनले केही क्रिकेटसँग सम्बन्धित व्यक्तिहरुसँग महत्वपूर्ण भेटघाट गरेका थिए । इन्डियन प्रिमियर लिग आइपीएल खेलेर फर्किएपछि केही दिनको नेपाल बसाईपछि उनी अष्ट्रेलिया पुगेका थिए । उनी अष्ट्रेलियामा हुँदा दोस्रो पटक क्यारेवियन प्रिमियर लिगका लागि विक्रि भएका थिए ।...

Read More

पोर्चुगलले जित्यो नेशन्स लिग फुटबलको उपाधि

काठमाडौं । पोर्चुगलले नेशन्स लिग फुटबलको उपाधि जितेको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले पहिलोपटक आयोजना गरेको प्रतिस्पर्धाको उपाधि क्रिष्टियानो रोनाल्डोसहितको टिम पोर्चुगलले जितेको हो । घरेलु मैदानमा पोर्टोमा आइतबार राति भएको खेलमा पोर्चुगलले नेदरल्याण्डसलाई १(० ले हराउँदै उपाधि जितेको हो । रोनाल्डो कप्तानीको पोर्चुगलले तीन वर्षमा दोस्रो उपाधि जितेको हो । सन् २०१६ मा उसले युरोकप फुटबलको उपाधि जितेको थियो फ्रान्सलाई पराजित गरेर । नेशन्स लिगको फाइनलमा पोर्चुगलका लागि दोस्रो हाफमा गोन्कालो गुएडेसले गरेको गोल नै निर्णायक बन्यो । गुएडेसले ६० औँ मिनेटमा गोल गरेका हुन् । डच टिमका लागि मेम्फिस डिपेयीले गोल गर्ने राम्रो प्रयास गरेका...

Read More