Category: खेल संसार

मेस्सीको चार गोल, बार्सिलोना शीर्ष स्थानमा

स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सानदार जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनबाट बच्न संघर्षरत ईबारलाई ५–० को विशाल अन्तरले हराएको हो । घरेलु मैदानमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिकसहित चार गोल गरे । मेस्सीले खेलको १४, ३७, ४० र ८७ औँ मिनेटमा गोल गरेका थिए । यस्तै अर्थरले एक गोल गरे । जितसँर्गै बार्सिलोना ५५ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । रियल मड्रिडलाई २ अंकले पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।  ...

Read More

ब्रेसियालाई हराउँदै युभेन्ट्स शीर्ष स्थानमा

इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले जितसहित शीर्षस्थानमा पूनरागमन गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्ट्सले १० खेलाडीमा सिमित ब्रेसियालाई २–० गोलले हरायो । खेलको ३७औं मिनेटमा ब्रेसियाका फरवार्ड फ्लोरियन आई रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सीमित बनेको थियो । त्यसैको फ्रिकिकमा पाउलो डिबालाले गोलमा परिणत गरे । ७५औैं मिनेटमा हुवान क्वाड्राडोले ब्लेइस माटुइडीको पासमा गोल गर्दै युभेन्टसको अग्रता लम्ब्याए । जितसँगै युभेन्ट्सले २४ खेलबाट ५७ अंक जोडेको छ । र, युभेन्ट्सले एक खेल कम खेलेको इन्टर मिलानलाई ३ अंकले पछि पारेको छ । ब्रेसिया १६ अंक जोडेर रेलिगेशन क्षेत्रमा रहेको छ...

Read More

पीएसजी फ्रेन्च कपको सेमिफाईनलमा प्रवेश

एजेन्सी । सहज जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पीएसजीले डिजोनलाई उसैको मैदानमा ६–१ गोलले हरायो । वेस्ले लाउटोआको आत्मघाति गोलसंगै पहिलो मिनेटमै पीएसजीले खेलमा अग्रता बनाएको थियो । पीएसजीको जितमा पाब्लो सरावियाले दुई, केलियन एमबाप्पे र थियगो सिल्भाले एक एक गोल गरे । पीएसजीले दुई गोल डिजोनबाट उपहार पाएको थियो । डिजोनका लागि मुनिर चोउएरले सान्तवना गोल गरे । चोटका कारण ब्राजिली स्टार नेयमार खेलमा देखिएनन् । मुख्य प्रशिक्षक थोमस टुचेलका अनुसार उनी च्याम्पियन्स लिगको खेलमा समेत मैदानमा देखिने सम्भावना कम छ...

Read More

फ्रेन्च लिगमा पीएसजीको फराकिलो अग्रता

काठमाण्डौ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेइन पीएसजीले ओलम्पिक लियोनमाथि जित हात पारेको छ । आईतबार राति भएको खेलमा पीएसजीले लियोनलाई ४–२ गोल अन्तरले पराजित गर्यो । पीएसजीले २२ औँ मिनेटमा डीमारियाको गोलको सहयोगमा सुरुवाती अग्रता लिएको थियो । ३८ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ४७ औँ मिनेटमा लियोनका फर्नान्डो मार्कलको प्रहार आत्मघाती गोलमा परिणत भएपछि पीएसजीले फराकिलो अग्रता बनायो । फर्नान्डो मार्कलको एक आत्मघाति गोल पीएसजीले उपहार पाएको थियो । लियोनका मार्टिन टेरियर र मौसा डेम्बेलेले समान एक–एक गोल फर्काएका थिए । जितसंगै पीएसजीले लिगमा १२ अंकको अग्रता लिएको छ...

Read More

नेयमारको गोलमा पीएसजीको जित

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिलेमाथि सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लिलीलाई २-० गोल अन्तरले हराएको हो । पिएसजीको जितमा नेयमारले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेका थिए । नेयमारले २८औं मिनेटमा पहिलो गोल गरे । उनले थोमस म्युनियरको पासमा गोल गरेका थिए । त्यसपछि नेयमारले ५२औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे । केलियन एमबाप्पेको प्रहारलाई लिलेका ग्याब्रिएलले डिबक्स भित्र ह्यान्ड गरेपछि पीएसजीले पेनाल्टी पाएको थियो । लिलीविरुद्ध गरेको गोल नेयमारले हेलिकप्टर दुर्घटनामा निधन भएका बास्केटबलका लिजेण्ड कोबी ब्रायन्टलाई समर्पित गरे । जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले २१ खेलबाट ५२...

Read More

Cake To Nepal

फेसबुक

June 2020
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930