Category: खेल संसार

सन्दीप सीपीएलमा ९० हजार अमेरिकी डलरमा अनुबन्ध

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगिता जमैका तलावाजबाट खेल्ने भएका छन्। सन्दीपलाई तलावाजले ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो । यसअघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट उनले सिपिएल खेलेका थिए। सन्दीपलाई किट्सले ५ हजार अमेरिकी डलर र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो । सन्दीप आबद्ध टिममा आन्द्रे रसेल, कार्लोस बाथवेट लगायतका खेलाडी छन्। गत असार १० गते गरिएको ड्राफ्ट सोमबार साँझ सार्वजनिक गरिएको हो।       Please follow and like...

Read More

जेलबाट रिहा भए रोनाल्डिन्हो

एजेन्सी । ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डिन्हो जेलबाट रिहा भएका छन् । रोनाल्डिन्हो एक महिनापछि पाराग्वेको जेलबाट ससर्त मुक्त भएका हुन् । नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा पाराग्वेको  रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायो नामक होटलबाट रोनाल्डिन्होसँगै उनका दाजु रोबर्टाे पनि पक्राउ परेका थिए ।  रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीको निमन्त्रणामा पाराग्वे पुगेका थिए । पक्राउपछि उनीहरुलाई अदालतले ६ महिनाको जेल सजाय सुनाएको थियो । तर, उनीहरु ३२ दिनपछि रिहा भएका हुन् । तर, न्यायाधीश गुस्ताभो अमरिल्लाले मुद्दाको किनारा नलाग्दासम्म उनीहरुलाई एक होटेलमा बस्नेगरि रिहा गरिएको बताएका छन् । Please follow and like...

Read More

च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चितकालका लागि स्थगित

कोरोना भाइरसको प्रकोपका कारण युरोपियन फुटबल महासंघ (युईएफए) ले च्याम्पियन्स लिग र युरोपा लिग फुटबल अनिश्चितकालका लागि स्थगित गरेको छ । ५५ देशका प्रतिनिधिबीच बुधबार भएको भिडियो कन्फ्रेस बैठकले उक्त निर्णय गरेको हो । आउँदो जुन महिनामा आयोजना गर्ने तयारी गरिए पनि अहिले कोरोनाको महामारी बढ्दो अवस्था रहेको भन्दै यूईएफएले अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो । युईएफएले अर्को सिजनको क्यालेन्डर सार्ने र जुनसम्मको सबै खाले अन्तर्राष्ट्रिय फुटबल स्थगित गर्ने निर्णय पनि गरेको छ । युरो २०२० को प्लेअफ म्याचलाई २०२१ मा सारिएको छ भने महिला युरो २०२१ को क्वालिफाइङ म्याच पनि स्थगित भएको छ ।   Please follow and...

Read More

विश्व युद्धपछि पहिलो पटक विम्बल्डन टेनिस स्थगित

एजेन्सी । टेनिसको विश्व प्रसिद्द प्रतियोगिता विम्बल्डन टेनिस रद्द भएको छ । दोस्रो विश्व युद्धपछि पहिलो पटक कोरोना भाईरसको महामारीको कारण विम्बल्डन रद्द भएको हो । यस प्रतियेगिता यसै वर्षको जुन २९ देखि जुलाई १२ तारिखसम्म हुने तय भएको थियो । सन् १८८७ देखि सुरु भएको विम्बल्डन यसअघि पहिलो र दोस्रो युद्धको समयमा मात्र रद्द भएको थियो । Please follow and like...

Read More

लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी । साविक विजेता तथा इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । घरेलु मैदानमा बुधबार राति भएको दोस्रो लेगमा स्पेनिस प्रतिद्धन्द्धी एथ्लेटिको म्याड्रिडसँग अतिरिक्त समयमा ३–२ को हार खेप्दै लिभरपुल बाहिरिएको हो । दुई पटक अग्रता लिए पनि लिभरपुलले खेल जित्न सकेन । ४३ औँ मिनेटमा जर्जिनियो विज्नाल्डमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ९० मिनेट समग्रमा एक–एकको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ९४औं मिनेटमा अल्भारो मोरटाले गोल गर्दै एट्लेटिकोलाई ३-२ को जित दिलाए । एनफिल्डमा उत्कृष्ट पुनरागमन जितसँगै एट्लेटिकोले भने च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ । यस अघि घरेलु...

Read More