Category: जीवनशैली/स्वास्थ्य

दिउँसो बारम्बार झकाउनु,फाइदा कि बेफाइदा ?

काठमाडौं । दिउँसो बारम्बार झकाउनु समस्या भए पनि हप्ताको एक वा दुईपटक दिनको समयमा झकाउनु दीर्घ जीवनका लागि सहायक बन्ने देखिएको छ । स्वीट्जरल्याण्डमा भएको अनुसन्धानमा हप्ताको एक वा दुईपटक झकाउँदा मुटु सम्बन्धी रोगको समस्या कम गर्ने देखिएको हो । कहिले काहिँ झकाउँदा हृदयघात, स्ट्रोक तथा मुटु सम्बन्धी रोगहरुको जोखिम आधाले कम गर्ने देखिएको अनुसन्धानकर्ताले बताएका छन् । तर बारम्बार झकाउँदा यसले स्वास्थ्यमा कुनै मुनाफा नहुने जनाइएको छ । अनुसन्धानका प्रमुख अथर तथा स्वीट्जरल्याण्डको युनिभर्सिटी अफ लाउसानेबाट विद्यावारिधी गरिरहेका अनुसन्धानकर्ता नादिनी हाउस्लरले बताएका छन्, ‘बारम्बार झकाउनेहरुमा कार्डिओभास्कुलर डिजिजको समस्या बढाउने देखिएको छ । तर आकलझक्कल न्याप लिँदा या झकाउँदा...

Read More

बुवासँग खेल्ने बालबालिकाको दिमाग तेज

एजेन्सी । सबै आमाबुवालाई आफ्ना बच्चाहरू प्यारा लाग्छन् । उनीहरू बच्चाबच्चीको स्वास्थ्यदेखि लिएर पढाइसम्म ध्यान दिन्छन् । हालै गरिएको एक अनुसन्धानले बताएअनुसार बुवाले बच्चाहरूसँग पढ्ने र खेल्ने गरेमा उनीहरूको दिमाग तेज हुन्छ। एउटा पिताले बच्चाहरूसँग कति र कसरी समय बिताउँछ भन्ने कुराले बच्चाको बुद्धिमत्तामा असर पर्छ । त्यसैले पिताले बच्चाहरूसँग अवश्यै समय बिताउनुपर्छ । लन्डन विश्वविद्यालयमा भएको अनुसन्धानका अनुसार पिता शान्त, संवेदनशील र कम चिन्ता लिने स्वभावका छन् भने उनका बच्चाको दिमाग दुईगुणा तीखो हुन्छ । बच्चाले शुरुदेखि नै पितासँग घुलमिल गर्न पाए भने उसको क्षमता देखिन थाल्छ । अनुसन्धानकर्ताहरूले १२८ पिता र बच्चाहरूमाथि अनुसन्धान गरेका थिए । अनुसन्धानका दौरान...

Read More

युवा नेतृ रञ्जन दर्शनाको मनको कुरा : नजिकबाट महसुस गर्न चाहन्छु

जीवनशैली । मैले नेपाल त्यति घुमेकी छैन । तीनरचार ठाउँमा पुग्न निकै आतुर छु । मेरो पहिलो रोजाइमा छन्– सुदूरपश्चिमका गाउँ र खप्तड क्षेत्र । त्यहाँका भुइँमान्छेको जीवनशैली र संस्कृति बुझ्न मन छ । ती क्षेत्रमा जीवनयापनका क्रममा गर्नुपर्ने संघर्षलाई नजिकबाट महसुस गर्न मन छ । मेरो रोजाइका अन्य गन्तव्य हुन्– कञ्चनजंघा र मनाङ, मुस्ताङ । ती गन्तव्यमा हाइकिङ गर्न मन छ । लामो छुट्टीमा ती ठाउँमा निर्धक्क घुम्न मन छ । हिमाली बस्तीमा अर्गानिक भोजन गर्दै हिँड्न र नयाँ साथी बनाउँदै हिमाली बस्तीका वेषभूषालाई नजिकबाट नियाल्न मन छ । हिमाली भेगका गोरेटोमा थकाइ लागुन्जेल हिँडिरहन मन छ ।...

Read More

यसरी छोड्न सकिन्छ चुरोटको कुलत

जीवनशैली डेस्क । धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने सबैलाई थाहा छ । तर पनि धुम्रपान गरेर पछुताउनेको संख्या कुनै कमी छैन । चुरोट छोड्न चाहने तर नसकेका पनि धेरै छन् । त्यसरी चुरोट छोड्न चाहनेले यी कुराहरुमा ध्यान दिन आवश्यक छ : -चुरोट छोड्न चाहनेहरूले चुरोट पिउने मानिसबाट टाढै रहनुपर्छ । -चुरोट पिउने तलतल लाग्दा चिया, कफी तथा नास्ता खानु उपयुक्त हुन्छ । -किन चुरोट छोड्दैछु भन्ने विषयमा आफूले आफैंलाई सम्झिरहनुहोस । -अरूले तानेको देख्दा आफूलाई पनि तलतल लाग्यो भने आफैंले आफूलाई ‘केही मिनेट ढिलो गर्छु’ भन्नुहोस् । यस्तो चलाखीले पनि चुरोटबाट बिस्तारै टाढा बनाउँछ । -मनलाई नियन्त्रण गर्नुहोस् । आत्म अनुशासन कायम गर्दै...

Read More

यस्ता छन् क्वाँटी खानुका फाइदा

काठमाडौं । अाज रक्षाबन्धन अर्थात जनैपूर्णिमा काठमाडाैँ उपत्यकासहित देशभर मनार्इदैछ  । याे दिन क्वाँटी खाने परम्परा रहेको छ । ९ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी बनाइएको परिकारलाई क्वाँटी भनिन्छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार हुन्छ भन्ने मान्यता छ । हुन याे खास गरी नेवार समुदायमा रहेकाे प्रचलन हाे तर पछिल्लाे समय सबैले नै खाने गरेका छन् । श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले गुँपुन्ही पर्व मनाउँदैछन् । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको...

Read More