Category: जीवनशैली/स्वास्थ्य

बाँकेको क्वारेन्टिनमा रहेका युवकको मृत्यु

जेठ ४ बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ।  गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासी स्वास्थ्य असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए।उनका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो।क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको बताए। कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने उनको...

Read More

नेपालमा थप १० जनामा कोरोना, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं । कोरोना भाइरसबाट थप १० जना संक्रमित भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ १० जनाको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगैं संक्रमितको संख्या २ सय ९१ पुगेको छ । संक्रमितहरु रौतहट राजपुर नगरपालिका ९ का १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षका पुरुषहरु छन् । त्यस्तै रौतहट इसनाथ नगरपालिका ३ र५ का २८, ३० र ३३ वर्षीय पुरुषहरु छन् । उनीहरुके स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ...

Read More

‘तनाव हटाउन सामाजिक सञ्‍जाल कम प्रयोग गर्नुस्’

काठमाडौँ — सरकारले लकडाउन गरेपछि सामाजिक सञ्जालमा विभिन्न ट्रोल बने । जस्तो– हाछ्यूँ गर्दा बिरालो तर्सेर भागेको, हातको इसाराले चुरोट मागेको तर नपाउँदा छटपटी भएको, घरको इँटा गनेको आदि । यिनले केही क्षण ‘रिफ्रेस’ बनाउलान् । तर यति बेला तपाईंको दिमाग सधैंझैं सामान्य छ त ? पक्कै छैन । लकडाउन फेरि थपिएला कि भन्ने चिन्ता छ तपाईंलाई । कोभिड–१९ को असर कहाँसम्म पुग्ला भनेर सोच्न पनि भ्याउनुहुन्छ । घरमा ग्यास सकियो भने के गर्ने भन्ने अर्को समस्या अघिल्तिर तेर्सिहाल्छ ।   सेल्फ क्वारेन्टाइनमा बसिरहेका धेरैको दिमागमा अनगिन्ती विचार खेलिरहेका छन् । मनोचिकित्सकहरू भन्छन्– महामारीको समयमा स्वतः मानसिक रोग केही हदसम्म बढ्छ ।विराटनगरकी १९ वर्षीया युवतीमा लकडाउन सुरु...

Read More

चुरोट खानेलाई कोरोना भाइरसको जोखिम अत्यधिक

विश्व स्वास्थ्य संगठनले ध्रुमपान वा सूर्तिजन्य पर्दाथको सेवनबाट कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम रहेको भन्दै सजग गराएको छ । विज्ञहरुका अनुसार धुम्रपानका दौरान हातलाई  चुरोटसँगै मुखमा जोड्दा संक्रमण फैलने सम्भावना धेरै रहन्छ । चुरोट वा खैनी बाँडेर खाँदा पनि एक मानिसबाट अर्को मानिसमा संक्रमण फैलने जोखिम रहन्छ । त्यस्तै, धुम्रपानले स्वासप्रश्वास प्रणाली कमजोर बनाउँछ । चीनमा कोरोना भाइरसको मृत्युदर नियाल्दा महिलाको तुलनामा पुरुषले धेरै ज्यान गुमाएको देखियो, यस्तो हुनु पछाडिको कारण धुम्रपान सेवन पनि हुनसक्ने विज्ञहरु बताउँछन् । चीनमा महिलाको तुलनामा पुरुषले धेरै धुम्रपान गर्ने गर्छन् । कोभिड–१९ को संक्रमण भेटिएका अधिकांश चिनियाँ बिरामीमा निमोनिया देखिएको थियो,...

Read More

अस्ट्रेलियाका नेपाली विद्यार्थीको प्रश्नः जागिर गयो, संकट गहिरिदैं छ, महँगो शुल्क कसरी तिर्ने ?

हेमन्त काफ्ले सिड्नी, चैत १५  सन् २०१९ मा बिद्यार्थी भिषामा सिड्नीमा आएकी सुनिता ब्लोन तामाङ अष्ट्रेलियाको पढाइ,बसाइ र कामबाट सन्तुष्ट थिइन्।  तर अष्ट्रेलियामा दुई हप्ता अघिदेखि देखिएको कोरोना भाइरसको संक्रमणले उनको पढाइ त बन्द भयो नै रेष्टुरेण्टको काम पनि बन्द भयो जसका कारण अहिले उनी वेरोजगार बनेकी छन्। ‘अचानक देखिएको रोगको महामारीले यसरी सबै चिज ठप्प हुँदा म मात्र होइन मेरा कैयन् सहपाठीहरु पनि बेरोजगार भएका छन भने शैक्षिक अन्यौल पनि बढेको छ’, तामाङले भनिन्।  पछिल्लो एक हप्तामा उनले विभिन्न स्थानमा क्याजुअल र अन्य काम खोजे पनि पाउन सकेकी छैनन्। यो समस्या तामाङको मात्र हैन , यस मुलुकमा रहेको...

Read More

Cake To Nepal

फेसबुक

June 2020
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930