Category: जीवनशैली/स्वास्थ्य

थप एक जनामा कोरोनाभाइरस देखियो, उपत्यकाबाहिर पहिलो संक्रमित

काठमाडौं । नेपालमा थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । दुबईबाट आएका एक पुरुषलाई कोरोनाभाइरस देखिएको हो । स्वास्थ्य मन्त्रालयले पत्रकार यस्तो जानकारी गराएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनको अहिले धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको छ । “उहाँ दुबईबाट आउनुभएको हो । उहाँको बारेमा विस्तृत विवरण प्राप्त गर्दैछौं,” मन्त्रालयका प्रवक्ता देवकोटाले भने , “उहाँ चैत ११ गते भर्ना हुनुभएको हो । स्वाबको नमुना परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको हो...

Read More

कोरोना लाग्नेबित्तिकै मानिस मर्छ भन्ने भ्रमले मानसिक समस्या

काठमाडौं – अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मुुलुक लडाइँमै उत्रिएको छ । त्यस सत्रमा जनजीवन घरमै बसेर बितिरहेको छ । यस्ता अवस्थामा कतिपयले मानसिक समस्या सामना गरिहेका छन् । परिवारसँग रमाइलो वातावरणमा बस्ने बानीले मानसिक समस्याबाट छुटकारा पाउने विज्ञहरूको सुझाव छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्य कोरोनाका कारण मानसिक समस्या पनि बढेको बताउँछन् । तनाव र चिन्ता भएपछि मानसिक समस्या आउनु स्वाभाविक भएको भन्दै उनी भन्छन्, “पहिलेदेखि चिन्तामा रहेकालाई यस्तो बेला समस्या पर्न सक्छ ।” कतिपयले मानसिक अवस्थामा आएको समस्या समाधान गर्न मदिरा सेवन पनि गर्ने गरेको उनको भनाइ छ । यस्तो...

Read More

कोरोना कहर: १७ सय डाक्टर कोरोना भाइरसबाट संक्रमित

एजेनसी । चीनमा कोरोना भाइरस (कोभिड–९०) बाट फेब्रुअरी ११ सम्ममा कूल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले शुक्रवार जानकारी गराएको छ । यो सङ्ख्या कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका कूल विरामीको ३.८ प्रतिशत हो । एनएचसीका उप–निर्देशक चेन यिक्सिनले पत्रकार सम्मेलनमा भने, “सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये छ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।” कोभिड–१९ बाट मृत्यु हुने स्वास्थ्यकर्मीको सङ्ख्या कूल मृतक सङ्ख्याको ०.४ प्रतिशत रहेको उनले बताए । कोभिड–१९ बाट सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये एक हजार ५०२ अर्थात ८७.५ प्रतिशत नयाँ भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा रहेको चीनले जानकारी गराएको छ । हुबेईको प्रान्तीय राजधानी वुहान सहरमा सबैभन्दा धेरै...

Read More

आज भ्यालेन्टाइन डे, अर्थात प्रणय दिवस !

काठमाडौं । आज भ्यालेन्टाइनको सम्झनामा विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदैछ । रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक विवाह समेत गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेबु्रअरी १४ मा यो दिवस मनाउने गरिएको हो । दिवसको अवसरमा आज प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । त्यस्तै आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि भ्यालेन्टाइन डेलाई युवायुवतीले उपयोग गर्ने गर्दछन् । भ्यालेन्टाइन डे को अवसरमा आज काठमाडौं लगायत विभिन्न सहरमा विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको छ ।...

Read More

वुहानमा रहेका नेपाली सुरक्षित छन् : चीन

काठमाडौं । चीनको वुहानमा रहेका नेपाली सुरक्षित रहेका छन् । उहानबाट फैलिएको कोरोना भाइरस फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको बताएको छ । चीनको विदेश मन्त्रालयले उहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्षा प्रत्याभूत गरेको र प्रतिरक्षात्मक सबै उपाय अपनाएको आज एक विज्ञप्ति जारी गरेर जनाएको छ । यहाँस्थित चिनियाँ राजदूतावासले उपलब्ध गराएको वक्तव्यअनुसार घातक कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नेपाल सरकारले अपनाएका सुरक्षात्मक उपायको सराहना गरिएको छ । साथै चीन सरकारले कुनै पनि किसिमको सहायता आवश्यक परेमा चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग नेपालीहरुले सम्पर्क गर्न सक्ने जनाएको...

Read More

Cake To Nepal

फेसबुक

June 2020
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930