Category: नेपाल खबर

आकासियो तरकारी र फलफूलको मूल्य

लकडाउनको चौंथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य आकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको छ । पाँच रुपैयाँ पर्ने कागतीको मूल्य २० रुपैयाँ पुगेको छ । यो अवधिमा सागको मुल्य प्रतिमुठा २० रुपैयाँबाट बढेर ५० रुपैयाँ पुगेको छ । तरकारीसँगै काठमाडौं उपत्यकामा फलफूलको पनि मूल्य बढेको छ । स्याउको मूल्य गत सातासम्म १ सय ५० रहेकोमा अहिले ३ सय रुपैयाँ पुगेको छ भने केराको मूल्य १ सयबाट बढेर १ सय ५० रुपैयाँ पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ...

Read More

थप एक जनामा कोरोनाभाइरस देखियो, उपत्यकाबाहिर पहिलो संक्रमित

काठमाडौं । नेपालमा थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । दुबईबाट आएका एक पुरुषलाई कोरोनाभाइरस देखिएको हो । स्वास्थ्य मन्त्रालयले पत्रकार यस्तो जानकारी गराएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनको अहिले धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको छ । “उहाँ दुबईबाट आउनुभएको हो । उहाँको बारेमा विस्तृत विवरण प्राप्त गर्दैछौं,” मन्त्रालयका प्रवक्ता देवकोटाले भने , “उहाँ चैत ११ गते भर्ना हुनुभएको हो । स्वाबको नमुना परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको हो...

Read More

कोरोना भाइरस प्रभाव : ला पूर्वाधार आयोजना ठप्प

काठमाडौं – कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले मुलुकभर १ हप्ता लकडाउन गरेपछि ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष प्रभाव परेको छ । कोरोना भाइरसका कारण यसअघि नै पूर्वाधार निर्माणका कामहरू प्रभावित भएका थिए । केही आयोजनामा भने काम भइरहेको सम्बद्ध आयोजना प्रमुखहरू बताउँछन् । तर, अधिकांश आयोजना प्रमुखहरू अहिले लकडाउन खुल्ने समयसम्मका लागि ‘पर्ख र हेरको’ अवस्थामा छन् । कोरोना भाइरस र लकडाउनका कारण नेपालको पहिलो सडक सुरूङमार्गका रूपमा परिचित नागढुंगा—नौबीसे सुरूङमार्ग, भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, नारायणगढ—बुटवल सडक खण्ड चौडा गर्ने काम पनि प्रभावित भएको छ । त्यस्तै, भारतीय लगानीको अरूण तेस्रो जलविद्युत् आयोजनाको काम पनि बन्द छ ।...

Read More

अस्ट्रेलियामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

मेलबर्न- फैलँदो कोरोना भाइरस संक्रमणलाई रोक्न अस्ट्रेलियाले अत्यावश्यकबाहेकका सम्पुर्ण सेवा बन्द गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले क्याबिनेट बैठकपछि उक्त घोषणा गरेका हुन्। अस्ट्रेलियामा पब, क्लब, जिमदेखि धार्मिक स्थलसमेत सोमबारदेखि बन्द हुनेछन्। अस्ट्रेलियामा कोरोना संक्रमितको संख्या एक हजार ३ सय १५ रहेको छ । सात जनाको ज्यान गएको छ। सिड्नीको न्यु साउथ वेल्समा  पाँच सय ३३, मेलबर्नको सिड्नीमा २ सय ९६ र क्विन्सल्यान्डमा २ सय ५९ जना कोरोना संक्रमित छन्। सुपर मार्केट, पेट्रोलियम पम्प, औषधी पसल भने खुला रहने...

Read More

कोरोनाविरुद्ध लड्न एनआरएनद्धारा एक करोड सहयोगको घोषणा

काठमाडौं,चैत १०- गैर आवासीय नेपाली संघ (एनआरएनं) ले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय संघको आइतबार बसेको अन्तर्राष्ट्रिय परिषद (आईसीसी) को बैठकले गरेको हो । संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न गठित नेपाल सरकारको केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिने बताएका छन् । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँको केन्द्रीय कोष खडा गरेको...

Read More