Category: परिकार

स्वादिष्ट यल्लो लाफिंग बनाउने सजिलो तरिका

काठमाडौं । खानाका सौखिनहरुका लागि लाफिंग मेनुमा रहेको राम्रो विकल्प बनेर आएको छ । साना स्टल देखि रेष्टुरेन्ट सम्ममा पाइने यो लाफिंग घरमा नै बनाएर खान सकिन्छ । घरमा बनाएको लाफिंग स्वादिष्ट साथै स्वस्थकर पनि हुन्छ । यल्लो लाफिंग बनाउनको लागि विधि : मैदाको पीठो मुछ्ने र त्यसलाई एउटा भाँडोमा राख्ने । त्यसलाई एउटा भाँडोमा राख्ने र त्यो भाँडोमा पानी राख्ने । अब त्यो पीठो त्यही पानी भित्र मिच्ने र केही छिन मिचेपछि पानी छान्ने । त्यो पानीलाई नहाल्लाई चार घण्टा राख्ने । अघि मिचेपछिको पीठोलाई राम्रो संग पखाल्ने , निचोर्ने गरेर एउटा भाँडोमा आधा घण्टा छोपेर राख्नुपर्छ ।...

Read More

आज क्वाँटी खाने दिन, यस्ता छन् क्वाँटीका विशेषता र फाइदा

काठमाडौं । अाज रक्षाबन्धन अर्थात जनैपूर्णिमा काठमाडाैँ उपत्यकासहित देशभर मनार्इदैछ  । याे दिन क्वाँटी खाने परम्परा रहेको छ । ९ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी बनाइएको परिकारलाई क्वाँटी भनिन्छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार हुन्छ भन्ने मान्यता छ । हुन याे खास गरी नेवार समुदायमा रहेकाे प्रचलन हाे तर पछिल्लाे समय सबैले नै खाने गरेका छन् । श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले गुँपुन्ही पर्व मनाउँदैछन् । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको...

Read More

आज खीर खाने दिन, यसरी बनाउनुहोस् स्वादिष्ट खीर

काठमाडौं । नेपाली परिकार मध्ये खीर स्वादिष्ट र विशेष परिकार मानिन्छ । विभिन्न धार्मिक, सामाजिक कार्य देखि विशेष दिनमा समेत खीरलाई विशेष परिकारको रुपमा समावेश गर्ने गरिन्छ । खीर पकाउनको लागि आवश्यक सामग्री – चामल (बासमती वा ताइचिन) ः १ कप – दुध ः १ लिटर – चिनी ः १ ठुलो चम्चा – काजु (टुक्रा पारिएको) ः २ सानो चम्चा – नरिवल (टुक्रा पारिएका) ः २ सानो चम्चा – छोकडा (टुक्रा परिएको) ः २ सानो चम्चा – सुकमेल ः २ / ३ पिस – किसमिस ः ६ / ७ पिस – ल्वाङ ः २ / ३ पिस – तेजपात...

Read More

घरमै योमरी बनाउने सजिलो तरिका

काठमाडौँ । बिहिबार नेवार समुदायले यो:मरी पुन्ही मनाउँदैछन् । यसै त नेवारी परिकारहरु निकै लोकप्रिय छन् झन् त्यसमाथि चाडपर्व विशेषका नेवारी परिकारका विशेषता अझै छन् । त्यसैले आज योमरी पूर्णिमाका दिन विशेष परिकार योमरी कसरी घरमै तयार पार्न सकिन्छ ? भन्नेबारे जानकारी प्रस्तुत गर्दैछौं । योमरी बनाउने विधि : योमरी बनाउन चामललाई पिठोमा परिणत गरिन्छ । चामललाई नेवार भाषा/नेपाल भाषामा पो/प्व भनिन्छ । चामलको पिठो पोचुं। चुं भन्नु चूर्ण अनुकण । चामल लस्सादार हुनुपर्छ । पहिले तौली चामल (लस्सादार चामल) चाहिन्थ्यो भने अचेल त्यसको ठाउँ ताइचुन चामलले लिएको छ। अत्यन्त मिहिन पिठो शुद्ध घिउमा थोरै हरक दिइन्छ । ११०...

Read More

तिहारको लागि घरमै यसरि बनाउनुहोस् भाइमसला

तिहारको पाँचौं दिनमा भाइटिका पर्दछ । भाइटिकामा दिदी बहिनीले दाजुभाइलाई टीका लगाईदिई मीठा परिकार खान दिने चलन छ । परिकारमा सबैभन्दा पहिले भाइमसला पर्दछ । बजारमा भाइमसलाको प्याकेट अहिले सजिलै संग पाउन सकिन्छ । तर त्यो भाइमसला गुणस्तरीय, स्वस्थ र आफूले चाहेको अनुसार नहुन पनि सक्छ । भाइमसला घरमा सजिलैसंग बनाउन सकिन्छ । र, आफूले बनाएको मसला बजारको प्याक गरिएको मसला भन्दा स्वस्थ र चाहे अनुसारको हुन्छ । भाइमसलाको लागि पूरानो चलन अनुसार, ओखरको भित्रि भाग र नरिवललाई घ्युमा भुट्ने गरिन्छ । यसरी भुट्दा चिनी पनि राख्नुपर्छ । तावामा केही छिन भुटेपछि यो मीठो मसला बन्छ । त्यो मसला...

Read More

Cake To Nepal

फेसबुक

October 2020
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031