Category: फरक/रोचक

‘तनाव हटाउन सामाजिक सञ्‍जाल कम प्रयोग गर्नुस्’

काठमाडौँ — सरकारले लकडाउन गरेपछि सामाजिक सञ्जालमा विभिन्न ट्रोल बने । जस्तो– हाछ्यूँ गर्दा बिरालो तर्सेर भागेको, हातको इसाराले चुरोट मागेको तर नपाउँदा छटपटी भएको, घरको इँटा गनेको आदि । यिनले केही क्षण ‘रिफ्रेस’ बनाउलान् । तर यति बेला तपाईंको दिमाग सधैंझैं सामान्य छ त ? पक्कै छैन । लकडाउन फेरि थपिएला कि भन्ने चिन्ता छ तपाईंलाई । कोभिड–१९ को असर कहाँसम्म पुग्ला भनेर सोच्न पनि भ्याउनुहुन्छ । घरमा ग्यास सकियो भने के गर्ने भन्ने अर्को समस्या अघिल्तिर तेर्सिहाल्छ ।   सेल्फ क्वारेन्टाइनमा बसिरहेका धेरैको दिमागमा अनगिन्ती विचार खेलिरहेका छन् । मनोचिकित्सकहरू भन्छन्– महामारीको समयमा स्वतः मानसिक रोग केही हदसम्म बढ्छ ।विराटनगरकी १९ वर्षीया युवतीमा लकडाउन सुरु...

Read More

लकडाउनको समयमा जन्मिएका जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘कोभिड’

एजेन्सी । अहिले संसारभर कोरोना भाइरस (कोभिड-१९) ले त्रास जन्माएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिनको लागि अधिकांश ठाउँहरु लकडाउनमा छन् । यही लकडाउनको समयमा जन्मिएका जुम्ल्याहाको नाम आमाबुवाले ‘कोरोना’ र ‘कोभिड’ राखिदिएका छन् । भारतको छत्तिसगढमा जन्मिएका जुम्ल्याहाको उक्त नाम राखिएको हो । २७ वर्षिया प्रीति बर्माले एक छोरी र एक छोरालाई जन्म दिएकी छिन् । उनले आफ्ना सन्तानको जन्म यो कठीन समयमा पनि सफलतापूर्वक सरकारी अस्पतालमा भएको र कठीन परिस्थितिमा उनीहरुले खुशी ल्याइदिएकोले यो समयलाई यादगार बनाउनको लागि छोराछोरीको नाम कोरोना र कोभिड राख्ने निर्णय गरेको बताएकी छिन्...

Read More

अमेरिकी राष्ट्रपति ट्रम्पलाई २० लाख डलर जरिवाना

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलरको जरिवाना तिर्न आदेश दिइएको छ । न्यूयोर्कका एक न्यायाधीशले ट्रम्पलाई आफ्नो परोपकारी संस्थाको रकमको अवैध प्रयोग गरेको अभियोगमा २० लाख डलर जरिवानाको आदेश दिएका हुन् । राष्ट्रपति ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपति चुनावमा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोप लागेको थियो । न्यायाधीसले राष्ट्रपति ट्रम्पले नै सो रकम तिर्नुपर्ने आदेशमा उल्लेख गरेका छन्...

Read More

श्रीमान श्रीमतीमाथि मोबाइलबाटै जासुसी

एजेन्सी । श्रीमान वा श्रीमतीको मोबाइल वा कम्प्युटरमा गोप्य रूपमा राखेर जासुसी गर्न प्रयोग गरिने सफ्टवेअरको प्रयोग बढ्न थालेको छ। स्टकरवेअर वा स्पाउजवेअर भनिने यस्ता शक्तिशाली जासुसी एप वा सफ्टवेअरहरू इन्टरनेटमा किन्न पाइन्छ। एकपटक कुनै मोबाइल वा कम्प्युटरमा राखेपछि यस्ता स्टकरवेअरमार्फत सबै एसएमएस पढ्न, नियमितरूपमा स्क्रिनको तस्बिर खिच्न, फोन भएको स्थान पत्ता लगाउन र क्यामरामार्फत प्रत्यक्ष भिडिओ हेर्न सकिन्छ। साइबर सुरक्षा कम्पनी क्यास्पर्स्कीका अनुसार गत वर्षमा अघिल्लो वर्षभन्दा ३५ प्रतिशत धेरै मानिसले आफ्नो उपकरणमा स्टकरवेअर राखेको पाइएको छ । क्यास्पर्स्कीको प्रविधिले यो वर्ष ३७ हजार पाँच सय ३२ उपकरणमा स्टकरवेअर भएको पत्ता लगाएको छ। मुख्य सुरक्षा अध्ययनकर्ता डेभिड इम,...

Read More

अष्ट्रेलियामा एक वर्षमा २२ पुरुषले जन्माए बच्चा

एजेन्सी । अष्ट्रेलियामा गत वर्ष २२ जना पुरुषले गर्भधारण गरेर बच्चा जन्माएका छन् । जन्म दिने सबै २२ जना पुरुष तेस्रो लिंगी हुन् । अब यी २२ जनाको नाम पनि त्यो सूचीमा समावेश गरिएको छ जसले १० वर्ष यता बच्चालाई जन्म दिएका छन् । १० वर्षयता २२८ जनाले बच्चाहरु जन्माएका छन् । सन् २००९ भन्दा पहिले अष्ट्रेलिया वा विश्वका कुनै पनि कुनामा पुरुषले बच्चा जन्माएको विषयमा कुनै तथ्याङ्क राखिएको थिएन...

Read More

Cake To Nepal

फेसबुक

July 2020
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031