Category: फरक/रोचक

भालेविरुद्ध मुद्दा हाल्नेमाथि कारबाही

एजेन्सी । एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छिन् । फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचारिकाले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मुद्दा दायर गरेकी थिइन् । त्यसका साथै उनले भाले हटाउनसमेत अदालतमा माग गरेकी थिइन् । मुद्दाको सुनुवाइ गर्दै अदालतले उनको मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको थियो । तर भाले धनी बुसे क्षेत्रीय अदालत रोसफोर्ड कोर्टमा पुनरावलोकनका लागि मुद्दा दायर गरेकी थिइन् । दुवै तर्फको बयान, प्रहरीको...

Read More

ट्वीटरका मालिककै ट्वीटर एकाउन्ट ह्याक

एजेन्सी । सामाजिक सञ्जाल ट्वीटरका संस्थापक मध्येका एक तथा प्रमुख कार्यकारीकै ट्वीटर एकाउन्ट ह्याक भएको खुलेको छ । ह्याकरले ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीकै एकाउन्ट ह्याक गरेको खुलेको हो । चक्लिङ्ग स्क्वाडका रुपमा आफूलाई परिचित गराएको ह्याकरको समूहले डोर्सीको एकाउन्ट ह्याक गरेको हो । ४० लाख भन्दा बढी फलोअर्स रहेको डोर्सीको एकाउन्टबाट ह्याकरले निकै आपत्तिजनक तथा रंगभेदी ट्वीट गरेका थिए । ती ट्वीट १५ मिनेटसम्म रहेका थिए । ट्वीटरले पछि सो एकाउन्टमा आफ्नो नियन्त्रण कायम भएको र ह्याकरबाट छुटाउन सफल भएको बतायो । ट्वीटरले ट्वीट गरेको छ, ‘अहिले एकाउन्ट सुरक्षित छ, र ट्वीटरले कुनै पनि सुरक्षात्मक प्रणालीमा सम्झौता गर्ने...

Read More

करेन्ट लाग्दा मानिसको दिमाग तेजिलो हुन्छ

एजेन्सी । बिजुलीका नाङ्गा तार देख्दा जो कोही डराउँछन् । तारहरु सर्ट हुँदा आगलागीको जोखिम पनि बढ्ने गर्छ । करेन्ट लागेर मानिसको ज्यान समेत जाने गर्छ । तर एक अध्ययनले भने करेन्ट लाग्दा मानिसहरुको दिमाग तेजिलो हुने निष्कर्ष निकालेको छ । विद्युत्को स्वीच अन गर्दा नै मानिसको मस्तिष्कलाई निकै धेरै फाइदा पुग्ने दाबी गरिएको छ । यतिमात्र होइन, यसले सिर्जनशीलता पनि बढाउने गर्छ । जर्मनीको फ्रिबर्ग विश्वविद्यालयका शोधार्थी एलिजावेब हर्नस्टिन र उनका सहयोगीहरुले यस सम्बन्धी अध्ययन गरी सो निष्कर्ष निकालेका हुन् । बिजुलीको स्विच अन गर्दा दिमागमा बिजुलीको झट्का पुग्ने, यसरी झट्का लाग्दा वा करेन्ट लाग्दा दिमागको कोशिकालाई सकारात्मक...

Read More

एक पुरुष कैदीले आफ्नी छोरी जस्तै बनेर जेलबाट भाग्न खोजेपछि …

एजेन्सी । आफ्नी छोरी जस्तै बनेर जेलबाट भाग्न खोज्ने एकजना कैदी पक्राउ परेका छन् । ब्राजिलको कुख्यात ग्याङ्गका लिडर पक्राउ परेका हुन् । क्लाविनो द सिल्भा नाम गरेका ती कैदीले आफूलाई जेलमा भेट्न आउने छोरीको भेष धारण गरेका थिए । उनले १९ वर्षिया छोरी जस्तै देखिनको लागि मास्क, नक्कली कपाल, गुलाबी रंगको टिसर्टर टाइट जिन्स पाइन्ट लगाएका थिए । तर जेलबाट निस्कने क्रममा उनी नर्भस देखिएपछि अधिकारिहरुले शंका गरेर उनलाई पक्राउ गरेका थिए । भाइरल भइरहेको उक्त घटनाको भिडियोमा ती कैदीले आफ्नो मास्क, र छोरीको लुगा खोल्दै गरेको देख्न सकिन्छ । Preso, Clauvino da Silva, traficante de Angra dos...

Read More

चालकले फिर्ता गरे ट्याक्सीमा छुटेको २ लाख ५० हजार रुपैयाँ

काठमाडौं । काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाइएको छ। उपत्यकामा सञ्चालित बा २ ज ४१५५ नम्बरको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको ट्याक्सीमा छोडिएको रकम महानगरीय ट्राफिक महाशाखामा आएर सम्बन्धित धनीलाई फिर्ता गरेका हुन् । खड्काले विहीबार बिहान सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा ट्याक्सीमा रकम छोडेर हिँडेपछि चालक आफै पैसा फिर्ता गर्न महाशाखा पुगेका थिए । चालकले दिएको रकम महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले धनी खड्कालाई हस्तान्तरण गरेका थिए...

Read More