Category: फरक/रोचक

सम्झनामा स्वर सम्राट नारायणगोपाल

नेपाली जातिका सर्वप्रिय गायक नारायणगोपालको जन्म वि.सं. १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा भएको थियो । बुवा आशागोपाल गुरुवाचार्य र आमा राममाया गुरुवाचार्यका नौ सन्तानमध्ये माइला नारायणगोपालले बीएसम्मको अध्ययन गरे । सानामा लजालु स्वाभावका नारायण भजन मण्डलीहरुमा प्रशस्त जाने गर्दथे । उनका बुवा आशागोपाल सानो उमेरमा नै आफ्नो छोरोले तबलामा साथ दिन थालेकोमा निकै खुशी थिए । दिनभरको स्कूल र साँझ पर्ने बित्तिकै भजन मण्डलीको मनोरञ्जनले नारायणलाई सानैदेखि सङ्गीतको सङ्गत लागेको थियो । उनी किशोर अवस्थामा पुग्नासाथ दुइ कुराको आदि भए । एउटा चूरोट पिउने र घरनजिकैकी बेबीलाई एकतर्फी प्रेम गर्ने । पुराना कुरा सम्झदै प्रेमध्वज प्रधान सम्झन्छन्-...

Read More

सम्वत् २०७० को मदन पुरस्कार तथा जगदम्बा-श्री को घोषणा : मदन पुरस्कार गुठी

यही भदौ २९ गते बसेको मदन पुरस्कार गुठीको साधारण सभाको बैठकले २०७० सालको मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार को घोषणा गरेको छ। सोही साधारण सभाले २०७० सालको पुरस्कार जगदम्बा-श्री ” नेपाली साहित्यिक पत्रकारिताको गम्भीर अन्वेषण, पत्रपत्रिकाको विशिष्ट सङ्कलन, तिनको समीक्षा, समालोचना तथा लेखन गरी नेपाली भाषाको अविरल रूपमा सेवा गरिरहे बापत्” श्री शिव रेग्मीलाई प्रदान गर्ने निर्णय गर्‍यो।  त्यसैगरी २०७० सालको मदन पुरस्कार “खलङ्गामा हमला- एउटी नर्सको डायरी” का लागि श्री राधा पौडेल लाई प्रदान गर्ने निर्णय गरेको छ। २०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको यस गुठीले २०४५ सालमा उहाँको निधनपछि उहाँका सम्झना स्वरूप पुरस्कार जगदम्बा-श्री थप गरेको हो। हाल दुवै...

Read More

विजयकुमारको “खुसी” आयो

नेपाली टेलिभिजन दर्शकहरु माझ चिरपरिचित नाम एक कुशल टेलिभिजन अन्तर्वार्ता कार्यक्रम प्रस्तोता विजयकुमार पाण्डेको “खुसी” एक भब्य र सभ्य कार्यक्रमका बीच सार्वजनिक गरिएको छ | शुक्रवार राजधानी काठमाडौँको पाँच तारे होटल याक एण्ड यतिमा आयोजित भव्य समारोहमा खचाखच ‘हाइ-प्रोफाइल’ माझ पुस्तक विमोचन गरिएको हो। आमन्त्रितलाइ मात्र प्रवेश दिईएको पुस्तक विमोचन कार्यक्रमको प्रारुप सामान्य भन्दा फरक थियो , यस अर्थमा की समारोहमा उपस्थित व्यक्तित्वहरु  नेता, सम्पादक, अभिनेता, व्यापारी, आध्यात्मिक गुरुदेखि समाचार वाचक अनि समाजसेवीहरु सम्म थिए |  फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तक ” खुसी”  विमोचन कार्यक्रमको सञ्चालन गरेकी थिईन्  अभिनेत्री गौरी मल्लले । विमोचन कार्यक्रममा विजयकुमारले किताब बिक्रीबाट पाएको रोयल्टी समाजसेवाको लागि खर्च...

Read More

ल आइपुग्यो “रत्नपार्क” सबै जना झर्नुस

– ईश्वर देबकोटा , पन्द्रुंग -१, जराङ, गोरखा कुलेश्वर कालिमाटी टेकु, त्रिपुरेश्वर, सुन्धारा रत्नपार्क,……… आज पनि उसको दैनिकी यसरी नै चिच्याउदै चल्दै छ | धुवाँ धुलो र भिडभाड उसका लागि अब सामान्य भै सकेको छ | सडकका पैदल यात्रु नै उसको परिवार बनेको छ | उ सम्बोधन गर्छ अंकल, आन्टी, दाइ, दिदि जाने हो ल आउनुस बस्नुस | यो नाता केबल क्षण भरको हो | उसको दैनिक जीवनयापन संग जोडिएको छ यो नाता | कसैका अगाडी उ निकै नम्र भइ दिन्छ त कसैका अगाडी उसैको ब्यबहार प्रति अरु आक्रोशित बन्न पुग्छन | माइक्रोबसको ढोका हरेक बिसौनीमा खोल्नु र बन्द...

Read More

“साया”को आगमनमै पाठकको माया

“समर लभ” पढ्नु भएको छ ? छ भने लेखक सुविन भटराईले समर लभको कथालाइ जहाँ लगेर छोडेका थिए त्यहिँबाट जन्मिएकी नयाँ पात्र “साया”को अर्को अतीत कथा समेटेर नयाँ उपन्यास सार्वजनिक भएको छ | सोमबार प्रज्ञा भवन कमलादीको डबलीमा आयोजित एक कार्यक्रममाझ नायिकाद्वय गरिमा पन्त, केकी अधिकारी र लेखक एबं युवा आख्यानकार सुविनले उपन्यास सार्वजनिक गरेका थिए । सयौं युवाहरुले खचाखच भरिएको उक्त कार्यक्रममा बोल्दैं केकीले सुविनले युवाहरुको मनस्थिती र जीवनशैलीलाई स्पष्ट रुपमा कृतिमा उतारेको बताइन् । “समर लभको म निकै ठूलो फ्यान थिए,” उनले भनिन्, “सायाको पनि फ्यान भएं ।” यसैगरी कार्यक्रममा नायिका गरिमा पन्तले सुविनले सायामा नेक्स्ट जेनेरेशनको कथा उतारेको बताइन्...

Read More

Cake To Nepal

फेसबुक

July 2020
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031