Category: फेसन

प्राकृतिक रुपमै मोटो र कालो आँखीभौंको लागि घरेलु उपाय

काठमाडौं । सुन्दरताको लागि अनुहारमा रौँ नहुनु राम्रो मानिन्छ । तर आँखा माथी हुने रौँ अर्थात आँखीभौं भने सुन्दरतामा निखार ल्याउने भाग हो । त्यसैलाई आँखीभौंलाई सुन्दर बनाउनको लागि आफूले चाहे अनुसारको आकार बनाउन युवायुवती पार्लर समेत धाउने गर्छन् । केही महिलामा भने अनुहारको अरु भाग चिल्लो हुन्छ र आँखीभौं पनि निकै पातलो हुन्छ । जसले गर्दा उनीहरुले कालो गाजल लगाएर आँखीभौंको आकार बनेका हुन्छन् । तर अरुले हेर्दा, त्यो अस्वाभाविक र भद्दा देखिन्छ । त्यस्तै, पानीबाट पनि त्यसलाई बचाउन सकिंदैन । त्यसैले आँखीभौंलाई बढाउने उपाय खोज्नु नै उत्तम हुन्छ । आँखीभौं बढाउनको लागि जैतुन वा तोरीको तेल लगाउनुपर्छ...

Read More

च्यातिएको पाइन्टको फेशन पछि अब आयो मैलो जुत्ता, मूल्य एक हजार डलर

एजेन्सी । केही समय अगाडी देखि फेशन बजारमा च्यातिएको, टालेको लुगा चलिरहेको छ । विशेषगरि जिन्स पाइन्टमा यो फेशन चलेको छ । लुगाको यो फेशन पछि जुत्तामा पनि एउटा नयाँ फेशन ट्रेन्डको संकेत देखिएको छ । प्रसिद्ध कम्पनी गुचीले मैलो जुत्ता निकालेको हो । स्पोर्ट्स जुत्तामा मैलो रंग र केही कालो धब्बा देख्न सकिन्छ । गुचीले यो जुत्ताको मूल्य हाललाई १ हजार १ सय ७५ डलर राखेको छ । गुचीका अनुसार, यो जुत्ताको डिजाइन सत्तरी दशकको स्पोर्ट्स स्टाइलबाट प्रभावित छ । Source : au.lifestyle.yahoo.com Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

लुगा लगाउँदा ठूलो पेट कसरि लुकाउने ? (भिडियो)

काठमाडौं । मोटोपन आधुनिक जीवनशैलीमा सबैको लागि समस्या बनिरहेको छ । सुन्दर देखिने प्रतिस्पर्धा बढिरहेको समयमा लुगा लगाउँदा मोटोपनले व्यक्तित्वमा असर गर्ने डर पनि उत्तिकै हुन्छ । तर, यदि लुगालाई मिलाएर लगाउन जानियो भने मोटोपनलाई पनि लुकाउन सकिन्छ। आजकल हाइवेस्ट लेगिङ्ग्स र जेगिङ्ग्सको चलन आएको छ । जुन मोटोपन भएकाहरुको लागि फाइदाको पक्ष हो । लो वेस्ट अथवा कम्मर मुनीको भागमा लगाउने पाइन्ट लगाउँदा पेट बाहिर निस्किन्छ र व्यक्ति झन् मोटो देखिन्छ । यदि हाइ वेस्ट लगाउने हो भने पेट सबै कपडा भित्र बस्छ र टप्स बाहिरबाट पेट देखिंदैन । त्यस्तै , पेट लुकाउनको लागि ए लाइन टप्स लगाउनुपर्छ,...

Read More

छोटो टिसर्ट लगाएकोले अरु पुरुषको ध्यान भंग भएको भन्दै युवतीलाई जिमबाट निकालियो

एजेन्सी । जिमखानामा एक्सरसाइज गर्दै गरेकी एक युवतीलाई निकाला गरिएको छ । जर्मनीको एक जिमखानाले ती युवतीले छोटो टिसर्ट लाएको आरोपमा निकाला गरेको हो । २२ वर्षिया म्यारनीका अनुसार , उनले ट्रेड मिलमा एक्सरसाइज गरिरहेकी थिइन् । त्यसै समयमा आएर उनकी ट्रेनरले उनलाई त्यहाँबाट निकाला गरिएको बताईन् । म्यारनीले कारण सोध्दा ती ट्रेनरले म्यारनीले छोटो लुगा लगाएकोले जिममा एक्सरसाइज गरिरहेका पुरुषहरुको ध्यान भंग भएको बताईन् । जिममा स्पोर्ट्स ब्रामा मात्र रहेर एक्सरसाइज गर्न नपाउने उल्लेख थियो । तर म्यारनीले आफूले क्रप टिसर्ट लगाएको बताएकी छिन् । उनले उक्त दिन लगाएको लुगामा फोटो लिएर सामाजिक संजालमा राखेकी छिन् र घटनाको...

Read More

सुन्दर अनुहारको लागि घरमै यसरि लगाउनुहोस् टमाटरको फेसियल प्याक

काठमाडौं । टमाटर भान्सामा अनिवार्य जस्तै हुन्छ । हरेक तरकारीमा स्वाद थप्नको लागि टमाटर राख्ने गरिन्छ भने यसको चट्नी तथा अचार पनि स्वादिष्ट हुन्छ । टमाटरको सलाद स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । टमाटर छालाको लागि सौन्दर्यको लागि पनि उत्तिकै राम्रो मानिन्छ । अनुहारमा टमाटर फेसियल गर्नाले अनुहारमा चमक तथा गोरोपन आउँछ । महिनाको दुई पटक टमाटरको फेसियल गर्नु अनुहारको छालाको लागि राम्रो मानिन्छ । सुरुमा टमाटरलाई दुध संग मिलाएर अनुहारमा क्लिंजिंग गर्नुपर्छ। त्यसपछि चिनी बेसनलाई मिलाउने र त्यसलाई टमाटरको सहायताले अनुहार स्क्रब गर्नुपर्छ । त्यसपछि टमाटरमा दही, बेसन, मह मिक्स गर्नुपर्छ र पेस्टको रुपमा अनुहारमा लगाउनुपर्छ । Are...

Read More