Category: विचार/ब्लग

अष्ट्रेलिया ‘जसरि पनि जाने’ सोंच बनाउँदा समस्या

सुष्मी कंडेल (शैक्षिक परामर्शदाता ) पछिल्लो समयमा आएर उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको लहर बढेको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया उत्कृष्ट गन्तव्य हो । विश्वव्यापी मान्यता पाएकाले अष्ट्रेलियाको शिक्षालाई गुणस्तरीय मानिन्छ । त्यहाँ जाने विद्यार्थी मध्ये नेपाल तेस्रो मुलुकका रुपमा पर्छ । वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिने विद्यार्थी मध्ये अष्ट्रेलियानै जाने बढी देखिन्छन् । खोजेको शिक्षा र रोजेका अवसर पाइने भएकाले पनि आकर्षण बढेको छ । नर्सिङ, इञ्जिनियरिङ, आइटी, हस्पिटालिटि, बिजनेश, पब्लिक हेल्थ, म्यानेजमेन्ट अध्ययन गर्न जाने बढी छन् । स्थायी बसोबास गर्न र व्यावसायिक कामकाज गर्ने सोच लिएर गएको पाइन्छ ।...

Read More

एक दिन लोग्नेमान्छे भएर बाँच्ने मन छ ……..

रिता पन्त त्यो दिन कामबाट फर्किसकेपछि खाना खाएर ओछ्यानमा पल्टिएँ । निन्द्रा भने फिटिक्कै लागेको थिएन । मन गह्रौं ढुंगाले थिचिरहेको जस्तो भएको थियो । निन्द्रा नलागेपछि आँखा सामाजिक संजालतिर डुलाउन थालें । सामाजिक संजालमा फलानाले श्रीमती कुट्यो, फलानाले श्रीमतीको हत्या गर्यो भन्ने पोस्ट देखेर मन झन् बेचैन बन्यो । निन्द्रा नलागेर छटपटी भएको समयमा झन् टाउको पनि भारि हुन थाल्यो । अचम्म छ है ! केटा मान्छेहरुलाई जेसुकै गर्न पनि छुट ! जे सुकै गर्ने केटा मान्छे झन् मर्द रे ! म पनि केटा मान्छे भएर जन्मिन पाएको भए ! छिमेकी बहिनी केटा मान्छेको व्यवहारलाई मन पराउँदिनथिन् ।...

Read More

नेपालका छोरी केन्या र तान्जानियाका मुजरा डान्सबारमा

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले बिहीबार यस्तो ट्वीट गरे– ‘दशकदेखिको समस्या । केन्या र तान्जानियाका कैयन मुजरा डान्सबारमा निरन्तर सयभन्दा बढी नेपाली चेलीहरु नाचिरहेका छन् । यातना दिने, पुलिसले पक्रने यो पहिलो पटक होइन । सरकार, दूतावास सबैलाई बारम्बार जानकारी गराइएको छ । सरकारको नजर पुगोस्।’ उनले यो सन्देश परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र हेलो सरकारलाई मेन्सन गरेका छन् । त्यससँगै एउटा तस्बिर राखेका छन्, जुन केन्याको लोकप्रिय दैनिक ‘नेसन’ को गत शनिबारीय अंकको प्रथम पृष्ठ हो ।  त्यसको मुख्य खबर छ, ‘नेपालमा छोरी जन्मिन्छन्, केन्यामा दास बनाइन्छन् ।’ समाचारभित्र केही युवतीको अनुहार नखुल्ने तस्बिर छ, जो त्यहाँका गैरकानुनी...

Read More

गलबन्दीमा कसले लगाउदैछ जातीय रंग ?

गलबन्दी च्यातियो तिमीले तानेर  यतिखेर यो गीत जति चर्चित छ,उत्ति नै चर्चामा छन् यसका गायक प्रकाश सपुत । मिडियादेखि संसदसम्म स्पेश पाएको छ–यो गीतले । गीत रिलिज भएको शुरुवाती साता गलबन्दी विशुद्ध गीतको गायकी,भिडियो र मोडल अञ्जली अधिकारीको स्वभाविक अभिनयका कारण लोकप्रिय बनेको थियो । तर अहिले यही गीत पछिल्लो समय भने इगो पोलिटिक्सका कारण चर्चामा छ । सीधा अर्थमा भन्नुपर्दा गीतको सिर्जनाको स्वामित्व कसको भन्ने विषयमा गलबन्दी मुद्दा पेचिलो बन्दै गएको छ । प्रकाशले आफ्नै शब्द र संगीत भनेर सार्वजनिक गरेको गीतको लय आफ्नो गीतसँग मिलेको भन्दै पूराना गायक शम्भु राईले दाबी गरेपछि गीतको कपिराइट मुद्दा सतहमा आएको...

Read More

रवि लामिछानेजी,पत्रकारिता निष्पक्ष गर्ने कि अतिरञ्जित ?

-मन केसी अष्ट्रेलियाभन्दा विद्यार्थी र आप्रवासीलाई सुविधा, भविष्य र सुरक्षा भएको अन्य कुनै देश छ भने जानकारी पाउँ । नेपालबाट आएका टेलिभिजनकर्मी रवि लामिछानेको कार्यक्रममा जे सोचेर हामीलाई बोलाइयो, गइयो, बिल्कुलै फरक पाइयो । मानौं अहिले अष्ट्रेलियालाई सारै तल देखाएर स्कोर गर्ने होड चलिराखेको छ । अष्ट्रेलिया बसाइको बिगत २३ वर्षमा कुनै दिन यहाँ आएकोमा पछुतो लागेन । बरु चाकडी र भनसुन बिना दुख गरेर खान पाइने व्यवस्थालाई सधै सलाम गरियो । यहाँको जिन्दगी भाँडा माझ्नेबाटै सुरु भएको हो । तर यही बसेर पनि नेपाल र नेपालीलाई सक्दो गर्न केहीले रोकेन । अहिले बिगत र वर्तमानमा धेरैको मेहनतले बनेको...

Read More