Category: विश्व खबर

मेलम्चीका पाइप फुटेपछि अर्थ मन्त्रालयलाई एडिबिको पत्र, ‘दोहोरो भुक्तानी दिन सकिँदैन’

मेलम्ची खानेपानी आयोजना–२ ले काठमाडौँ उपत्यकामा बिछ्याएको पाइप फुटेपछि मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडिबी) ले असन्तुष्टि जनाउँदै अर्थ मन्त्रालयलाई पत्र लेखेको छ ।  पाइपमा जसले क्षति पुर्याएको हो उसैलाई बनाउन निर्देशन दिन एडिबिले मन्त्रालयलाई आग्रह गरेको छ । क्षतिग्रस्त पाइप पाइप परिवर्तनका लागि दोहोरो भुक्तानी दिन नसक्ने चेतावनी पनि दिएको छ । ‘एडिबीले दोहोरो भुक्तानी गर्न नसक्ने स्पष्ट संकेत दिएको छ । उसले सबै निकायबीच समन्वय गराएर समस्या समाधान गर्न अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । हामीले पनि मन्त्रालयलाई जानकारी गराएका छौँ ।’ मेलम्ची खानेपानी आयोजना–२ कार्यान्वयन निर्देशनालय प्रमुख तिरेस खत्रीले भने । यो समाचार आजको नयाँ पत्रिका...

Read More

भारतमा लुक्दै आएका हत्यारा १९ वर्षपछि पक्राउ

१९ वर्षदेखि प्रहरीको असफल अनुसन्धानको सूचीमा रहेको राजधानीको एउटा हत्याकाण्ड सुल्झिएको छ । भक्तपुरको कटुञ्जेमा तत्कालीन डिएफओकी श्रीमती विजयश्वरी प्रजापतिको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको छ । ४४ वर्षीय देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार सार्वजनिक गरेको हो । अधिकारी त्यसवेला प्रजापतिकै घरमा काम गर्दथे । तलबको विषयमा विवाद हुँदा चक्कुले हानेर उनले विजयश्वरीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि आठतोला सुन, ६ हजार नगद र चार हजार रुपैयाँ पर्ने ज्याकेट लिएर उनी भागेका थिए । त्यसयता उनी भारतमा लुक्दै आएका थिए । ‘गृह मन्त्रालयकै अनुमति लिएर हामी उनलाई खोज्दै मुम्बई...

Read More

नेपाली कार्गो रेल भारतको कोलकता र हल्दियासम्म पुग्ने

अब नेपाली कार्गो रेल भारतको कोलकता र हल्दियासम्म पुग्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाली रेल कोलकाता/हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारत सरकारले सैद्धान्तिक सहमति दिएको पत्रकार सम्मेलनमा जानकारी दिए । नेपाली टोली र भारतीय रेल मन्त्रालयका अधिकारीहरूबीच भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकन बैठकबारे सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “अब नेपाली कार्गो रेल भारतको कोलकता र हल्दियासम्म पुग्ने भएको छ ।” उक्त बैठक जेठ २३ र २४ गते भारतको नयाँ दिल्लीमा बसेको थियो । यो समाचार आजको...

Read More

न्युयोर्क सिटिको एक बिल्डिंगमा ठोक्किएर हेलिकप्टर दुर्घटनाग्रस्त

एजेन्सी । अमेरिकाको न्युयोर्क सहर स्थित एक बिल्डिंगमा हेलिकप्टर ठोक्किएको छ । सेन्ट्रल पार्क नजिकैको गगनचुम्बी भवनको माथी ठोक्किएर हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परि उक्त हेलिकप्टर चालकको मृत्यु भएको बताइएको छ । दुर्घटना हुनासाथ उद्धार टोली पुगेकोले थप क्षति भने भएको छैन । प्रारम्भिक अनुसन्धान अनुसार, फोर्स ल्यानडिङ्ग गर्ने क्रममा हेलिकप्टर भवनको टुप्पोमा ठोक्किएको थियो । प्रत्यक्षीदर्शीले हेलिकप्टर ठोक्किएपछि ठूलो आवाज आएर बिल्डिंग र अगाडीको बाटोसमेत थर्किएको र माथीबाट धुँवा निस्किएको देखिएको बताएका छन् । photo source : Al Jazeera Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

भारतको झारखण्डमा भयानक दुर्घटना, ९ जनाको मृत्यु

एजेन्सी । भारतस्थित झारखण्डको चम्पारणमा सोमबार बिहान भएको भयानक दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् । भारतीय मिडियाका अनुसार सोमबार बिहान करिब ३ः३० बजेको समयमा भएको उक्त दुर्घटनामा परी ९ जनाको घटनास्थलमै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी कयौं घाइते भएको समाचारमा जनाइएको छ । चम्पारणस्थित दनुआमा सोमबार बिहान ट्रक र बस ठोक्किएर उक्त दुर्घटना भएको हो । राँचीबाट गयातर्फ जाँदै गरेको बस ट्रकमा ठोक्किएर उक्त दुर्घटना भएको हो । छड लोड गरी सडकमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना भएको बताइएको छ । दुर्घटनालगत्तै घटनास्थल पुगेर प्रहरीले गाडीभित्र फसेकाहरुलाई निकाल्ने प्रयास गरिरहेको छ । प्रहरीले अहिलेसम्म ९...

Read More