Category: विश्व खबर

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ हजार नाघ्यो

एजेन्सी, बैशाख ३० । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ८५ हजार नाघेको छ । २ लाख ८२ हजारभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमणको जोखिम बढेपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउसकै कर्मचारीहरुले पनि मास्क प्रयोग गर्न थालेका छन् । कोरोनालाई लुकेर बसेको दुश्मनको संज्ञा दिएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा दैनिक तीन लाख जनासम्मको परीक्षण भइरहेको र सोमबारसम्म ९० लाखभन्दा बढीको परीक्षण भइसकेको दाबी गरेका छन् । यसअघि गत बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको एक जना सुरक्षाकर्मीलाई कोरोना...

Read More

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्ने कुनै रुची छैन : चीन

बेइजिङ । चीनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्ने कुनै रुची नभएको स्पष्ट पारेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार एजेन्सी रोयटर्ससँगको अन्तर्वार्ताका क्रममा चीनले आफूलाई पराजित गर्नेतिर लागेको र प्रतिद्वन्द्वी जो बाइडेनलाई विजय बनाएर सहज व्यापार गर्ने दाउमा रहेको बताएका थिए । चिनियाँ सञ्‍चारमाध्यम ग्लोबल टाइम्सका अनुसार चनीले अमेरिकी राष्ट्रपति ट्रम्पको यस आरोपलाई अस्वीकार गरेको छ । चीनले भनेको छ, “अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्ने कुनै रुची छैन ।” अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना संक्रमण फैलाएको आरोपसमेत चीनमाथि लगाउँदै आएका छन् । ग्लोबल टाइम्समा लेखिएको छ, “अमेरिकी राजनीतिज्ञहरु को चीनप्रति कति कठोर बन्‍नसक्छ भन्‍ने दौडमा छन् । ट्रम्प...

Read More

कोभिड-१९ सम्बन्धि अष्ट्रेलिया सरकारद्वारा प्रेषित पछिल्लो सामुदायिक जानकारी

  कम्तिमा पनि अर्को छ महिनाको लागि अष्ट्रेलियाले कोरोना भाईरस (COVID-19) महामारीसंग  संघर्ष गर्नेछ। हामी यसमा लामो समयको लागि रहनेछौं। अष्ट्रेलियाली सरकारले लिएको मापदण्डले संक्रमण फैलावटमा कमि ल्याउनको साथै जिउज्यान पनि बचाएको छ। अष्ट्रेलिया सरकार समुदाय लाइ बर्तमान अवस्थाको जानकारी उपलब्ध गराउन चाहन्छ । घरमै बस्नुहोला समुदायले समाजिक दुरीको आवश्यकताहरु अनुसरण गर्दै आएका सकारात्मक र सहकार्य पद्दतीले संक्रमणको संख्यालाई न्यूनिकरण गर्न मद्दत पुगेको छ। कोरोनाभाईरस एक व्यक्ती देखी अर्को व्यक्तीमा फैलिन्छ, प्राय ह्याछ्युँ, खोकी वा स्पर्श गर्नाले। कम्तिमा १.५ मिटरको दुरी एक आपसमा कायम गर्नाले हामी भाईरसलाई कतै जान पनि दिँदैनौं – हामी हरेकले यसको फैलावटलाई रोक्न मद्दत गरिरहेका...

Read More

कोरोना महामारीः विश्वमा मृत्यु हुनेको संख्या १ लाख ७० हजार बढी, अमेरिकामा मात्रै ४२ हजार बढीको मृत्यु

एजेन्सी । विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार ३ सय ३८ पुगेको छ । संक्रमितको संख्या पनि बढेर २४ लाख ७८ हजार ९ सय ७९ पुगेको छ । संक्रमितमध्ये ६ लाख ४५ हजार ८ सय ६ जना उपचारपछि निको भएका छन् ।सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा ७ लाख ८२ हजार ७६ जना संक्रमित हुँदा ४२ हजार ४ सय ४० जनाको मृत्यु भएको छ ।   स्पेनमा २ लाख २ सय १० जना संक्रमित हुँदा २० हजार ८...

Read More

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८८ हजार नाघ्यो, अमेरिकामा संक्रमितको संख्या ४ लाख ३४ हजार बढी (अपडेट)

काठमाडौं – विश्वव्यमपी रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या ८८ हजार नाघेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय ५७ पुगेको हो ।  त्यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख १८ हजार २३ पुगेको छ । त्यस्तै विश्वभरमा  कोरोनाबाट संक्रमित भएका ३ लाख ३० हजार ३ सय ५७ जना निको भएका छन् ।  कोरोनाका कारण सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । हालसम्म इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ हजार ६ सय ६९ पुगेको छ भने संक्रमितको संख्या १ लाख ३९ हजार ४ सय २२ पुगेको छ । त्यस्तै...

Read More

Cake To Nepal

फेसबुक

June 2020
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930