Category: ताजा खबर

निर्मला पन्त प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्दा दायर

काठमाडौं । न्युज २४ टेलिभिजनबाट प्रशारण हुने ‘सिधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको छ । निर्मला हत्या प्रकरणमा मुछिएका दीलिपपसिंह विष्टका दाजु खडक विष्टले यसअघि जिल्ला अदालत कन्चनपुरमा दायर गरेको मुद्दा खारेज भएपछि उनी उच्च अदालत पुगेका हुन् । विष्टले जिल्ला अदालतको फैसला बदर गरी लामिछाने र जिसीलाई अदालतको अवहेलना अभियोगमा सजाय गर्न माग गर्दै सोमबार उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशमा पुनरावेदन दर्ता गराएका हुन् । ‘अदालतमा विचारधीन मुद्दामा रवि लामिछाने र अंगुर जिसीले सार्वजनिक बहस गरी यो मुद्दालाई अन्तै मोड्न खोजेका छन्,’ पुनरावेदनमा भनिएको छ, ‘यसरी अदालतमा चलिरहेको...

Read More

डेंगुको संक्रमणले भिजिट नेपाललाई प्रभाव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकका सबै विमानस्थल सफा राख्न र उडानपूर्व जहाजभित्र औषधी छर्किने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा डेंगुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरण विषय छलफलमा बोल्दै मन्त्री भट्टराइले मापदण्ड अनुसार जहाजमा औषधी छर्किन निर्देशन दिनुभएको हो । मन्त्री भट्टराइले भ्रमण वर्ष २०२० र नेपालको पर्यटन क्षेत्रमा यस रोगको कारणबाट पर्न सक्ने असर र निराकरणका लागि आवश्यक तयारी तथा पूर्व सतर्कता अपनाउन सबै सरोकारवालाहरुलाई सचेत गराउनुभयो । नेपाल होटल संघ, रेष्टुरेण्ट व्यावसायी संघ, पर्यटक यातायात लगायत पर्यटकीय सेवा दिने विभिन्न निकायहरुले आफ्नो क्षेत्र सफा राख्ने, पर्यटकलाई सूसुचित गर्ने...

Read More

प्रचण्डको कार्यकर्तालाई निर्देशन–’प्रतिवाद गर्न तयार रहनुहोस्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अराजकताको आतंक मच्याएर जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको पाँचौ स्मृति दिवसमा बोल्दै अध्यक्ष दाहालले समाजवादलाई निमोठ्न खोज्नेका विरुद्ध सतर्क र सचेत भएर प्रतिवाद गर्न निर्देशन दिनुभएको हो । पार्टी कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले हजारौँ नेपालीको बलीदानीबाट प्राप्त उपलब्धी मास्न चौतर्फी घेराबन्दीको प्रयास भइरहेको दाबी समेत गर्नुभयो । प्राप्त उपलब्धि र परिवर्तनको रक्षा गर्ने संकल्प अहिलेको आवश्यकता रहेकोमा अध्यक्ष दाहालले जोड दिनुभयो । विकास र समृद्धिको बाटोबाट समाजवादको दिशा तय गरिएको बताउँदै पुँजीवाद र साम्राज्यवादबाट घेरिएकाले केही चुनौती...

Read More

रणनीति बदल्दै विप्लव

काठमाडौँ । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रणनीति बदल्न लागिपरेको छ । हालसम्म विप्लव निकट ८ सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् भने सय बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । सरकारले आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ गर्ने र गलाएर पार्टीसमेत छाड्ने परिस्थितिमा पु¥याएपछि चन्द नेतृत्वको नेकपाले रणनीति बदल्दै वार्ताका लागि सकारात्मक हुने संकेत गरेको हो । प्रतिबन्धपछि भूमिगत शैलीमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको ‘विप्लव’ समूहले पार्टी छाडेकालाई धमाधम कारबाही गर्दै रक्षात्मक रूपमा गतिविधि सञ्चालन गर्दै आएको छ ।...

Read More

नेपाली समाज अष्ट्रेलिया गठन हुने

सिड्नी । अष्ट्रेलियामा नेपाली समाज अष्ट्रेलिया गठन हुने भएको छ । नयाँ शक्ति समर्थित संगठन अन्तर्राष्ट्रिय नेपाली समाज (आइएनएस) र समाजवादी फोरम समर्थित संगठन नेपाली संघीय समाज अष्ट्रेलिया (नेफेसो) बीच एकता भएर नेपाली समाज अष्ट्रेलिया गठन हुन लागेको हो । आगामी सेप्टेम्बर २१ तारिख शनिबारका दिन सिड्नीको ६४–६८ प्रिन्सेस स्ट्रिटस्थित एसबरी सिनियर सिटिजन सेन्टरमा एक कार्यक्रमको आयोजना गरी समाजको घोषणा गरिदैछ । सभालाई टेलिकन्फ्रेन्समार्फत् पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले सम्बोधन गर्ने अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष सुवान चौलागाईंले बताउनुभयो । चौलागाईंले नेपालमा नयाँ शक्ति पार्टी तथा समाजवादी फोरमको एकतापश्चात् समाजवादी पार्टी नेपाल गठन भएको परिप्रेक्ष्यमा...

Read More