Category: इभेन्ट्स

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई समुद्री दुर्घटनाबारे सजग बनाउन वाटर सेफ्टी एजुकेशन

मेलबर्न । अष्ट्रेलियामा केही वर्ष देखि नेपाली विद्यार्थीहरु समुद्री दुर्घटनामा परेका घटनाहरु आइरहेका छन् । नेपाली समुदायमा समुद्री दुर्घटना बारे सजग बनाउंदै त्यस्ता दुर्घटना हुन नदिने उद्देश्यका साथ चेतनामुलक कार्यक्रम हुनेभएको छ । उक्त वाटर सेफ्टी एजुकेशन कार्यक्रममा स्थानीय अल्टोना वाटर सेफ्टी क्लब भिक्टोरिया अष्ट्रेलियाका व्यवसायिक जीवन रक्षकहरुले सहभागिहरूलाई समुद्री संकेतहरू,पानीको वहाव, प्रवाह र यसबाट बच्ने उपायका विषयमा जानकारी मूलक तालिम दिंनेछन । तालिम पश्चात तटमा लगेर नै अवलोकन तथा अभ्यास गराइने आयोजकले बताएका छन् । एनआरएनए एससीसी भिक्टोरिया, जिलोंग नेप्लिज एसोसिएसन, मेलबर्न नेप्लिज कम्युनिटी वेस्ट , नेप्लिजएसोसिएसन अफ भिक्टोरियाले लाइफ सेभिङ्ग भिक्टोरिया संगको सहकार्यमा कार्यक्रमको आयोजना गरेका हुन्...

Read More

अष्ट्रेलियामा माघे संक्रान्तिको अवसरमा माघी मेला

सिड्नी । नेपालीहरुको पर्व माघे संक्रान्तिको अवसरमा अष्ट्रेलियामा माघी मेला हुनेभएको छ । नेपालमा थारु समुदायले माघे संक्रान्ति पर्वलाई माघी पर्वको रुपमा मनाउने गर्छन् । थारु समाज सिड्नीले देश बाहिर रहेतापनि आफ्नो कला तथा संस्कृतिको जगेर्ना गर्दै माघी मेलाको आयोजना गरेको हो । माघी मेला माघे संक्रान्तिको दिन अर्थात १५ जनवरी, बुधबारका दिन न्यु साउथ वेल्सको टेम्पेपार्कमा हुनेछ । मेलामा संस्कृति झल्काउने कार्यक्रमहरु र साथमा थारु समुदायको विशेष परिकारहरु राखिने आयोजकले बताएका छन् । थारु समाज सिड्नीले गत वर्ष देखि माघी मेला मनाउन सुरु गरेको हो...

Read More

अष्ट्रेलियामा न्याभ कप २०१९ शुरु, दश टिमको सहभागिता

मेलबर्न । अष्ट्रेलियामा न्याभ कप २०१९ सुरु भएको छ । नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले आयोजना गर्दै आएको न्याभ कपको यो पन्ध्रौँ सिजन हो । यस वर्षको न्याभ कपमा १० टिम सहभागी भएका छन् । हिमालयन क्लब, सगरमाथा क्रिकेट क्लब, गोर्खाली क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब, एक्स्पर्ट क्रिकेट क्लब, ब्रिलियन्ट क्रिकेट क्लब, हिमा अस क्रिकेट क्लब, न्याभ क्रिकेट क्लब प्रतिस्पर्धामा सहभागी हुने भएका हुन् । न्याभ कप गत आइतबार अर्थात जनवरी १२ देखि शुरु भएको छ । ओपनिङ्ग डेमा ४ खेल भएका थिए । हिमालयन र हिमा अस बीच भएको खेलमा हिमालयन क्लब विजयी भएको थियो । दोस्रो खेल...

Read More

अष्ट्रेलियामा जारी बिएमडब्लु कपको आइतबार फाइनल खेल, सगरमाथा र रोयल राइनोज भिड्दै

मेलबर्न । अष्ट्रेलियामा जारी बिएमडब्लु कपको आइतबार फाइनल खेल हुनेभएको छ । रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमड्ब्लु एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको फाइनलमा सगरमाथा र रोयल राइनोज क्रिकेट क्लब भिड्ने भएका हुन् । डिसेम्बर ८ देखि सुरु भएको प्रतियोगिताको खेल हरेक हप्ताको आइतबार हुँदै आएको छ । यो वर्षको बिएमडब्लु कप प्रतियोगितामा ८ टिम सहभागी भएको आयोजकले बताएका छन् । जसमा सगरमाथा र रोयल राइनोज फाइनल खेलमा पुगेका हुन् । फाइनल खेल आगामी आइतबार अर्थात जनवरी ५ का दिन TW Blake Park मा हुने आयोजकले बताएका छन् । खेल दिउँसो १२:३० बजे देखि सुरु हुनेछ ।...

Read More

काठमाण्डौ अष्ट्रेलिया सिधा उडानको पहल हुँदै

क्यानबेरा, (अष्ट्रेलिया) : नेपाल र अष्ट्रेलिया बिच सिधा उडानका लागि पहल गरिएको छ । नेपाल सरकारको पहलमा अक्टोबर २ तारिखमा अष्ट्रेलिया सरकार संग हवाई सम्झौता भएको थियो । एक लाख ५० हजार हाराहारी नेपाली अष्टे«लियामा बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक बिभिन्न देशका बिमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन जान वाध्य रहेका छन् । सिड्नी बिमानस्थलले प्रकाशित गरेको तथ्याङ्क अनुसार यो बर्ष मात्र काठमाण्डौबाट सिड्नी आउने यात्रुको संख्या १ लाख २१ हजार २ सय ६० पुगीसकेको छ । जुन सिड्नी बिमानस्थल संग सिधा उडान सम्पर्क नभएका देशको बिमानस्थलहरुको सबै भन्दा ठूलो...

Read More